पोखरामा घन्किए रनजीत गजमेरको सदावहार गीतहरु

अनुज कुलुङ, पोखरा न्युज – २० फागुन ।

नेपाली चलचित्र संगीत क्षेत्रमा एक बिशिष्ट नाम हो – रनजीत गजमेर । यहि शनिबार दिउँसो पोखराको गैह्रापाटन स्थित पोखरा उद्योग बाणिज्य हलमा एक ऐतिहासिक कार्यक्रम : ट्रिब्युट टु दि लिभिङ लेजेन्ड रनजीत गजमेर को सम्मान तथा अभिनन्दन कार्यक्रम सहित सांगीतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भयो ।

कन्दरा ब्याण्ड र पोखरा लेखनाथ महानगरपालिकाको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा बरिष्ठ कबि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले रनजीत गजमेर विश्वलाई नेपाली लोकसंगीत र बाजाको तागत देखाउन सक्ने संगीतकर्मी हुन् भन्दै कार्यक्रममा परिचय दिएका थिए ।

“प्रदेश नं ४ विशेषत पोखरा नेपाली संगीत, साहित्य को खानी भएको ठाउँ हो । जसमा कविशिरोमणि, आदिकवि, भूपि शेरचन, धर्मराज थापा जस्ता संगीतकर्मीहरु जन्माउन सफल रहेको ठाउँमा अब रनजीत गजमेर जस्ता सदावहार संगीतकर्मी जन्मिन आवश्यक छ ।” भन्द कार्यक्रमका प्रमुख अथिति मुख्य मन्त्रि पृथ्बी सुब्बा गुरुङले आफ्नो मन्तब्य राखे ।

कार्यक्रमका परिकल्पनाकार गायक बिबेक श्रेष्ठ र गायिका स्वरुपा आशाले गरेका थिए ।  उक्त कार्यक्रममा पोखराका चर्चित कलाकारहरु विबेक श्रेष्ठ, बिनोद बानिया, रामभक्त जोजिजु, कर्णदास, रजनी रिदम राई, रुबि गौलि, अजुदा थापा को प्रस्तुति रहेको थियो साथमा गायिका स्वरुपा आशाको पनि प्रस्तुति रहेको थियो ।  कलाकारहरुले रनजीत गजमेरको अति नै सदावहार चलचित्रका गीतहरु गाएर ट्रिब्युट दिदै गाएका थिए ।

उक्त कार्यक्रममा रनजीत गजमेर अति नै उत्साहित हुदै कार्यक्रमको बीचमा मादल उठाएर “यो मादल हामीले बजाउन लजाउछौ । देखाउन लजाउछौ । तर यो हाम्रो नेपालको अति नै तागतिलो बाजा हो । जसमा मैले हिन्दि र नेपालीमा मात्र होइन अंग्रेजी गीतमा पनि बजाउने अवसर पाएको छु” भन्दै सबै दर्शकलाई नेपाली बाजा र संस्कृति प्रति सचेत समेत गराएका थिए ।

नेपाली संगीत श्रष्टालाई जीवित रहदै उचित सम्मान र पुरस्कार दिनुपर्छ साथै यो नेपाली कला संगीतको उत्कृष्ट अनि ऐतिहासिक कार्यक्रम हो भन्दै कार्यक्रमका संगीत संयोजक सुनिल थापाले कार्यक्रममा बताए ।

उक्त कार्यक्रममा रनजीत गजमेरको एकल संगीतमा “कृति” सार्वजनिक गरे । उक्त एल्बममा गायक बिबेक श्रेष्ठ र गायिका स्वरुपा आशाको स्वर रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button