मदनले ल्याए लोक भाका फ्लेबरको गीत ‘हेलिकप्टर’ (हेर्नुहोस् म्युजिक भिडियो)

पोखरा न्युज – २१ फागुन  ।

गायक तथा संगीतकार मदन गोपाल पूर्वेली लोक भाका फ्लेबरको गीत ‘हेलिकप्टर’को भिडियो लिएर दर्शकमाझ आएका छन् । केशव अधिकारीको शब्द र संगीतमा बनेको यो डान्सिङ नम्बरको गीतमा पाकिस्तानी ईमाद रहमानले संगीत संयोजन तथा प्राविधिक काम गरेका छन् । गायक मदनका अनुसार उनले पाकिस्तानमा गरेका नै गीतको प्राविधिक काम गरेका हुन् ।

प्रशान्त तामाङले निर्देशन गरेको भिडियोमा गोपालले फिचरिङ गरेका छन् । भिडियोमा निरोज श्रेष्ठको छायांकन र राजेश शाहको सम्पादन छ । गायक मदनले इमादमार्फत नेपाल र पाकिस्तानसँगको सांस्कृतिक तथा सांगीतिक सम्बन्ध कायम गर्न पाउँदा आफू निकै हर्षित भएको बताए ।

मदनका अनुसार इमादकै संगीत तथा संगीत संयोजन रहने अर्को सोलो एल्बम ‘तिम्रो खबर’ नयाँ वर्षको अवसरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । यसअघि मदनले ‘माया लैलै’, ‘मुटु नै किन’, ‘आजको दिन’, ‘आउँदैछु कि जाँदैछु’, ‘तिम्रो खबर’, ‘यो मन’ जस्ता गीतहरू श्रोता र दर्शकमाझ ल्याइसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button