पोखरामा करेन्ट तयारी चाउचाउको प्रबर्द्धन

पोखरा न्युज – २५ फागुन ।

हालै बजारमा आएको करेन्ट तयारी चाउचाउको पोखरामा प्रबर्द्धन गरिएको छ । वुटवल, नेपालगन्ज, विर्तामोड, नारायणगढ हुदै पोखरामा उक्त चाउचाउकोे बिक्रि वितरण सुरुभएसंगै पोखरामा उक्त चाउचाउको प्रबर्द्धन गरिएको यशोदा फुड्स प्रालिका एरिया सेल्स म्यानेजर गोपाल सापकोेटाले बताए ।

उक्त चाउचाउको पोखरामा पन्चेबाजा सहित ¥याली प्रदर्शन गरिएको उनले जनाए । पोखरा क्षेत्रको मुख्य बजार सहितका विभिन्न ठाँउमा पुग्ने गरी तीन दिने ¥याली समेत आयोजना गरिएको एरिया सेल्स म्यानेजर सापकोेटाले बताए ।

यशोदा फुड्स प्रालि वुटवलले उत्पादन गरेको उक्त चाउचाउ स्वादिष्ट र गुणस्तरिय रहेको कम्पनिले जनाएको छ । ७५ ग्राममा उपलब्ध हुने उक्त चाउचाउको मुख्य १८ रुपैया रहेको छ । कम्पनिले यस अघि लाली तयारी चाउचाउ, जुपी तयारी चाउचाउ र चिजवल समेत उत्पादन गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button