पोखरामा मिस एण्ड मिसेस फिटनेस अन्तर्गत ट्यालेन्ट राउन्ड सम्पन्न

पोखरा न्युज – २६ फागुन  ।

मिस एण्ड मिसेस फिटनेसका प्रतियोगीहरुको ट्यालेन्ट राउन्ड सम्पन्न ।

सेपअप जुम्बा एण्ड एरोविक फिटनेस सेन्टरको आयोजना तथा एस.टी. क्रियशनको ब्यबस्थापनमा पोखरामा भइरहेको फरक शैलीको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस फिटनेस सिजन २ को सेल्फ ट्यालेन्ट राउन्ड शनिबार पोखरामा सम्पन्न भएको छ ।

प्रतियोगीताका १३ जना प्रर्तिस्पर्धीले शनिबार सम्पन्न ट्यालेन्ट राउन्डमा नृत्य, गायन, हास्य प्रहशन र बौद्धिक कला जस्ता प्रस्तुतीहरु प्रर्दशन गरेका थिए । प्रतियोगिताको सेल्फ ट्यालेन्ट राउण्डमा निर्णायकहरुमा मिस गण्डकी सिजन ४ की फस्ट रनरअप तथा नृत्य निर्देशीका जस्मीन गुरुङ, हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन १ को बिजेता तथा होटलपोखरा बाटिकाको एफएनबी म्यानेजर रेशम कुमाल र बरिष्ठ फोटोग्राफर सुरज श्रेष्ठ निर्णायकको रुपमा रहेका थिए ।

आगामी चैत्र ३ गते शनिबारको दिन होटल पोखरा ग्रान्डमा बिबिध साँगीतिक कार्यक्रमको साथमा प्रतियोगिताको अन्तिम प्रर्तिस्पर्धा हुदैछ । स्वस्थ्थ र तन्दुरुस्त हुनुनै सुन्दर हुनुहो भन्ने नारालाई आत्मसाथ गदै मोटोपना भएका महिलाहरुले पनि सहभागी भई आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउने अवसर प्रदान गराई महिला तथा युवा पुस्ताहरुको आफ्नो हक, अधिकार र कर्तब्यको बिषयमा नयाँ पुस्तालाई जानकारी गराई सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजक सेपअप जुम्बा एण्ड एरोविक फिटनेस सेन्टरकी संञ्चालक तथा जुम्बा प्रशिक्षक रितु गुरुङले जानकारी गराए ।

सञ्चारकर्मी एवं कोरियोग्राफर सुरज थापाको कोरियोग्राफीमा हुदै गरेको उक्त कार्यक्रमलाई हिमाअज एजुकेशन कन्सल्टेन्सीले प्रस्तुत गरेको हो ।

एलुरी बुटिको कलात्मक डिजाइनमा सजिएका प्रतियोगी मध्येबाट मिस एण्ड मिसेस फिटनेस २०१८ की उपाधी विजेताले क्राउन सहित ५० हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार पाउनेछिन त्यस्तै फस्ट रनर अपले २५ हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार र सेकेण्ड रनर अपले १५ हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कारको साथै अवार्ड प्रमाण पत्र आदी पाउनेछन् भने अन्य उपविद्यामा विभिन्न किसिमका गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक संस्थाकै जुक्बा प्रशिक्षक खुशी थापाले जानकारी गराए ।

करिब ३ घण्टासम्म चलेको उक्त कार्यक्रमको संञ्चालन सञ्चारकर्मी इनिशा दुरामगरले गरेकी थिईन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button