प्रदेश नं ४ सबैभन्दा अगाडि – उपराष्ट्रपति पुन

डीएनबी, पोखरा न्युज – २६ फागुन ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले समृद्धिका हिसावले प्रदेश नम्बर ४ अन्य प्रदेशभन्दा सबैभन्दा अगाडी रहने दावी गरेका छन्।

उपराष्ट्रपति पुनले भने ‘मलाई विश्वास छ, पर्यटनको केन्द्र, प्राकृतिक स्रोतसाधनले भरिपूर्ण तथा मानवीय विकासका हिसाबले सबैभन्दा अगाडि रहेको यो ४ नं. प्रदेश सबैभन्दा पहिले समृद्ध बन्नेछ।’ लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ ले शनिबार पोखरामा आयोजना गरेको ‘शतवार्षिकी समारोह, नागरिक अभिनन्दन तथा रथारोहण कार्यक्रममा सम्वोधनगर्दै उपराष्ट्रपति पुनले उक्त कुरा बताएका हुन्।

नेपालको समृद्धिका लागि सरकार, निजि क्षेत्र, लायन्स लगायतका सामाजिक संघसंस्थाहरुले बलियो सहकार्य गर्नुपर्ने बताउँदै उपराष्ट्रपति पुनले जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, उद्योग धन्दा, भौतिक पूर्वाधार निर्माण समृद्धिका मुख्य आधार भएको दाबी गरे। नेपालको संविधानले सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मूख अर्थतन्त्र विकास गर्ने लक्ष लिएको बताउँदै उपराष्ट्रपति पुनले अलमल नगरी त्यस दिशातर्फ राज्यका सबै अङ्ग र निकाय परिचालित हुनुपर्नेमा जोड दिए। ‘अब समृद्धिका लागि प्रतिस्पर्धा हुनुपर्दछ,’ उनले भने, ‘अब प्रदेशहरुले र स्थानीय तहहरुले समृद्धिका लागि स्वच्छ, सहयोगात्मक र रचनात्मक प्रतिस्पर्धा गर्नुपर्दछ ।’

अबको नेपाली युग भनेको आर्थिक समृद्धिको युग भएको बताउँदै उनले प्रत्येक नेपालीको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणका लागि सबैले हातेमालो गर्ने युगको रुपमा लिनुपर्ने बताए। ‘आर्थिक समृद्धिका लागि म सबैलाई हातेमालो गर्न अपील गर्न चाहान्छु। यो यात्रामा लायन्सहरुको भूमिका अझै फराकिलो भएर जानुपर्दछ। विभिन्न विधामार्फत नेपालको नाम उँचो राख्न योगदान पु¥याउनु भएका आजका सम्मानित व्यक्तित्वहरुसंग समृद्धिका लागि उच्च योगदान रहने राष्ट्र र जनताले अपेक्षा गरेको छ। म समृद्धिको यात्रामा सहकार्य गर्न सबै पक्षलाई पुनः अपील गर्न चाहान्छु,’ उनले भने।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button