पोखराको गोष्तेघाटमा अन्तराष्ट्रिय स्तरको फुटबल मैदान निमार्ण

डिएनबी, पोखरा न्युज – २७ फागुन ।

पोखरालाई खेलकुदको राजधानी बनाउने अभियानसंगै लामाचौर बासिको अगुवाइमा पोखरामा अन्तराष्ट्रिय स्तरको फुटबल मैदानको प्रारम्भिक रुपमा निमार्ण भएको छ । यद्यपि उक्त मैदानको अन्तिम रुप दिन केहि फिनिसिङको काम भने बाँकी रहेको लामाचौर खेल मैदान निमार्ण समिति गोष्तेघाटका अध्यक्ष सुरेन्द्रमान सिंह भण्डारीले बताए ।

पोखराको लामाचौर स्थित गोष्तेघाटमा ६८ रोपनी क्षेत्रफलमा खेलकुद मन्त्रालय, संसद विकास कोष, पोखरा लेखनाथ महानगरपालिका लगायतका विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा उक्त फुटबल मैदान निमार्ण भएको अध्यक्ष भण्डारीले जनाए । उक्त फुटबल मैदान निमार्ण भएसंगै पोखरामा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता संचालन गर्न सहज हुने अध्यक्ष भण्डारीले बताए ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार १ सय ५ मिटर लम्वाई र ६५ मिटर चौडाईको उक्त फुटबल मैदान निमार्ण गरिएको अध्यक्ष भण्डारीले जनाए । उनले भने “यो मैदान निमार्ण भएसंगै लामाचौर बासि मात्र नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको लागि यो मैदान उपयोगि हुन सक्छ । ”

सेतीनदीको किनारामा रहेको उक्त क्षेत्रमा तटबन्द गर्न ७ करोड बजेट आवश्यक भएको उनले जनाए । सो क्षेत्रमा तटबन्द गर्नको लागि जल उत्पन्न प्रकोप मन्त्रालयमा माग गरिएको अध्यक्ष भण्डारीले जनाए । उक्त मन्त्रालयबाट हालसम्म ग्याबिङ (जालीमा ढुंगा) भर्न करिब ५० लाख बराबरको काम भएको उनले जनाए । उक्त मैदान निमार्णको लागि खेलकुद मन्त्रालयबाट करिब ८० लाख, सांसद कुमार खड्का, पुर्व सांसद सारदा पौडेल र चुडामणि जंगलीले सांसद विकास कोषबाट जनहि ५-५ लाखका दरले १५ लाख, पोखरा लेखनाथ महानगरपालिका कार्यालयबाट १० लाख प्राप्त भएको समितिले जनाएको छ । त्यसै गरी साविक लामाचौर गाविसबाट ५० हजार, जय मनकामना सहकारीबाट २५ हजार लगायतका संघ संस्था सहित बाँकी रकम स्थानिय श्रोतबाट निमार्ण गरिएको अध्यक्ष भण्डारीले जनाए ।

डेढ करोडको लागतमा फुटबल मैदान निमार्ण गरिएको उनले जनाए । उक्त मैदान निमार्ण भएसंगै हाल केहि फिनिसिङ सहितको प्यारापिट निमार्णको लागि ठुलो बजेट आवश्यक भएको समितिका सचिव बुद्धिबहादुर खत्रीले बताए । उनका अनुसार फुटवल प्यारापिट निमार्णको लागि २८ करोडको बजेट राष्ट्रिय खेलकुद परिषदमा माग गरिएको छ । सो क्षेत्रमा १ सय २८ रोपनी क्षेत्र भएकोेले फुटबल मैदान सहित भलिबल कोर्ट तथा सेभेन ए साईड फुटबल मैदान निमार्ण गर्ने आफुहरुको योजना रहेको सचिव खत्रीले बताए । पोखरामा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता गर्दा होस वा कुनै प्रतियोगिताहरु गर्दा पोखरा रंगशालाको विकल्पको रुपमा पनि गोष्तेघाटको फुटबल मैदानलाई प्रयोग गर्न सकिने खत्रिले जनाए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले उक्त फुटबल मैदानको लागि हाल चेन्जिङ रुम तथा अस्थाई सौचालय निमार्ण गर्न आवश्यक सहयोग गर्ने वचन दिएको समितिले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button