नवलपरासीमा सवारी दुर्घटना हुँदा ७ जना घाइते

पोखरा न्युज , २७ फागुन ।

नवलपरासीस्थित महेन्द्र राजमार्गमा आइतबार भएको सवारी दुर्घटनामा परेर सातजना घाइते भएका छन् ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च २९६८ नं को बलेरो जिप र विपरित दिशाबाट आउँदै गरेको लु १ च ५७८९ नं.को कार नवलपरासीको बर्दघाट सुस्ता पुर्व गैंडाकोट नगरपालिका–८, विजयचोकमा ठोक्किदा सातजना घाइते भएका हुन्।

घाइते हुनेहरुमा चितवन जिल्ला भरतपुर महानगरपालिका–१२ का २८ बर्षिय दिपक ढकाल, सोही स्थानका बर्ष २६ की उषा ढकाल, बर्ष ५ का दिप्सन ढकाल, बर्ष २ का रोशन ढकाल, लु १ च २९६८ नम्बरका बलेरो जीप चालक रुपन्देही मझुलिया नगरपालिका–१६, २९ बर्षिय उपेन्द्र थारु र सहचालक रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं १ का १८ बर्षिय सरोज चौधरी, कारचालक रुपन्देही चुलियाह नगरपालिका वडा नं ७ का ४० बर्षिय किशोर मल्ल छन् ।

घाइतेहरुलाई नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

पर्वतमा घरको छतबाट खसेर एक बालिका घाइते

जिल्लाको जलजला गाउँपालिका वडा नं २ बौरस्थित एक घरको छतबाट लडेर एक बालिका घाइते भएकी छन्।

आइतबार बिहान करिव पौने १२ बजेतिर आफ्नै एकतले घरको छतबाट लडेर तीन बर्षकी दिपशिखा घर्ती घाइते भएकी हुन्। दिपशिखा घरको छतमा खेल्दै गर्दा छतबाट खसेर भुँईमा खस्न गई घाइते बनेको प्रदेश नं ४ प्रहरी कार्यलयले जनाएको छ। प्रहरीका अनुसार घाइते दिपशिखालाई उपचारको लागि जिल्ला अस्पताल म्याग्दी लगिएकोमा उपचारपश्चात थप उपचारको लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button