त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते (अपडेट)

पोखरा न्युज – २८ फागुन ।

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ ।

ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना भेटिएका छैनन् ।

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

स्रोत – अनलाइनखबर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button