पोखरामा अभियान पुरुष भलिबलको तयारी

पोखरा न्युज – २८ फागुन ।

पोखरामा चैतको १ देखि ३ गतेसम्म दोस्रो अभियान पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।

पोखरा लेखनाथ महानगरपालिका–५, जिरोस्थित अभियान युवा क्लबद्धारा मालेपाटन खेल मैदानमा पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो। क्लबस्तरिय भलिबल प्रतियोगितामा कास्की लगायत स्याङ्जा, तनहुँ पर्वत र म्याग्दी गरी १४ टिमको सहभागिता रहने संयोजक जयप्रकाश थापा ‘पप्पु’ले बताए।

प्रतियोगिताको बिजेताले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। अनुशासित टिमलाई प्रशंसापत्रको सम्मानसहित बेष्ट प्लेयर, बेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजका अभियान युवा क्लबले जनाएको छ। गत बर्ष म्याग्दीको पुन हिल क्लब बिजेता बनेको थियो।

बेष्ट अफ फाइभ एवम् नक आउटका आधारमा खेलाइने प्रतियोगितामा क्लब, बिद्यालय र जिल्लास्तरिय टिमले खेल्न पाउने प्रावधान छ। राष्ट्रिय बिभागीय टिम तथा राष्ट्रिय र क्षेत्रीय खेलाडीहरुले प्रतियोगितामा कुनैपनि टिमबाट खेल्न नपाउने पश्चिमाञ्चल भलिबल संघका सदस्य रमेश श्रेष्ठले जानकारी दिए।

प्रतियोगितालाई पोखराको सिर्जनाचोकस्थित मेट्रो सिटि हस्पिटलले मुख्य प्रायोजन गरेको आयोजकले बताएको छ। प्रतियोगिताबाट २ लाख ६० हजार आम्दानी र २ लाख ४७ हजार ५ सय खर्च लाग्ने आयोजकको अनुमान छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button