पोखराको सराङकोटका सार्वजनिक जग्गामा बनेका घर टहरा भत्काइयो

पोखरा न्युज – २८ फागुन ।

पोखरा लेखनाथ महानगरपालिका वाड नं. १८ स्थित सराङकोट टपको सार्वजनिक पर्ति जग्गामा अवैध रुपमा निर्माण भएका घर टहरा भत्काइएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाबाट गएको सुरक्षाकर्मी सहितको टोली तथा पोखरा लेखनाथ म.न.पा.वडा नं. १८ का अध्यक्ष सहितको जनप्रनिधिहरु सहितको टोलीले उक्त टहरा भत्काइएको वडाअध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।

सराङकोट टपबाट शुरुवात गरिएको उक्त अभियान सराङकोटका अन्य स्थानमा समेत संचालन गरिनेछ । आगामी दिनमा सार्वजनिक जग्गा हडप्नेहरुलाई कारवाही गरिने समेत वडाअध्यक्ष थापाले जानकारी दिए। अन्य स्थानमा समेत यस्तो अभियान संचालन गरिने भएकाले समयमै घर टहरा भत्काउन समेत अध्यक्ष थापाले आग्रह गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button