मुग्लिन-मलेखु सडकखण्डमा कार दुर्घटना हुँदा एकको मृत्यु, ३ घाइते

पोखरा न्युज – २९ फागुन ।

चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा मंगलबार बिहान भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धादिङबाट पोखरा जाँदै गरेको बा १२ च ४६१५ नंको कार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन मलेखु सडकखण्डको चुम्लिङटारस्थित सडक किनारामा मंगलबार बिहान ३ बजे भएको दुर्घटनामा परी कारमा सवार धादिङ जिल्ला थाँक्रेका २४ वर्षीय सरोज सुवेदीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलेज अफ मेडिलक साइन्सेज भरतपुरमा उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कार चालक धादिङ जुंगेखोलाका २४ वर्षीय अनुप सिंह, बेनिघाटका २१ वर्षीय महेश श्रेष्ठ र धुनिबेँसीका २४ वर्षीय शरद रोक्का घाइते भएका छन् । रोक्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । तीनै जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button