५ किलो चरेशसहित दुई पक्राउ

पोखरा न्युज – २९ फागुन ।

महानगरीय प्रहरी परिसरले पाँच किलोग्राम चरेशसहित दुईजनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले आज लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगरलाई पाँच केजी चरेशसहित पक्राउ गरेको हो ।

भारतको रक्सौल र अन्य नाकाबाट काठमाडौँ भित्रिएको लागुपदार्थ होटल तथा रेष्टुरेन्टमा बेचबिखन हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त परिणाममा चरेश बरामद गरेको हो ।

परिसरले पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button