यहि अवस्थामा बन्ला त पोखराको फुटबल स्टेडियम ?

केशब पाठक, पोखरा न्युज – २९ फागुन ।

पोखरा रंगशाला भित्र नयाँ बन्न लागेको फुटबल स्टेडियमबारे पोखरेलीहरुको एकहोरो प्रश्न मनमा उब्जिएको छ, यहि अवस्थामा बन्ला त पोखराको फुटबल स्टेडियम ? अथाह खेलप्रेमी र खेल सर्जकहरुको पोखरामा  १३ औ साग खेलका लागी तयार हुने भनिएको फुटबल स्टेडियम निर्माणका सबै प्रक्रिया रोकिएका छन्  यति बेला।

युवा तथा खेलकुद मन्त्रालयको आह्वानमा राष्ट्रिय खेलकुद परिषदले रंगशाला निर्माणका लागि रंगशाला निर्माण १० महिनामा सक्ने गरि करिब २ महिना अघि ग्लोबल टेण्डर आह्वान ग¥यो । ६ वटा कम्पनीहरुले टेण्डर हाले तर एउटा कम्पनीले मात्रै प्रक्रिया पुरा ग¥यो । टेण्डर हुन कम्तिमा दुइ वटा हुनु पर्ने नियमानुसार भएकोले उक्त टेण्डर रद्ध भयो यो संगै काम पनि अवरुद्ध भयो ।

करिब १ अर्ब २५ करोडको लागतमा २० हजार दर्शक क्षमताको रंगशाला १० महिनामा काम सक्ने गरि  निर्माण गर्ने भनिए पनि धेरै ढिलो भइसकेको छ । यस बारे परिषदका सदस्य सचिब केशब कुमार विष्टले पोखरामा नयाँ बन्ने रंगशालामा महिलाहरुको फुटबल खेल आयोजना गर्न तयारी भएको पोखरा न्युजलाई बताए । अब त धेरै ढिला भएन र ? भन्ने प्रश्नमा भौतिक पूर्वाधार नभएका कारणलेनै साग खेलकुद नरोकिने बताए । ‘अबको केही महिनामा काठमाण्डौमा उद्घाटन र समापनमा लागि रंगशाला तयार भइ सक्छ र अन्य खेलका पूर्वाधार पनि सोही अनुरुप तयार हुँदै छन’ उनले भने–‘केबल ओलोम्पिकमा भएको बिबादका कारण के हुन्छ म भन्न सक्दिन’ सदस्य सचिब भन्छन । उनका अनुसार दक्षिण एशियाली खेलका लागि सरकारले कसरी बजेट निर्धारण गर्छ त्यसमा पनि धेरै कुरा भर पर्ने बताए ।

पोखराको फुt स्टेडियम बन्नु पर्छ भन्ने पोखरेलीहरुको लामो समय देखिको माग हो । तर केन्द्रिकृत मानसिकताका कारण खेलकुदका पूर्वाधारहरु कि त बनाउँदै नबनाउने बनाए पनि एकदमै ढिलो र सुष्त गतिमा हुने परिपाटी रहि आएको धेरै खेलाडीहरुको गुनासो रहेको छ । तर सदस्य सचिब विष्ट यो मान्न तयार छैनन उनले पोखरामा फुटबल स्टेडियम बन्ने र कोही कसैले शंका गर्न नहुने बताए । ‘अबको टेण्डर १५ दिनको लागि मात्रै आह्वान हुनेछ र कोही नआएको खण्डमा त्यस्को लागि पनि छुट्टै व्यवस्था हुने गरि काम हुनेछ’ सदस्य सचिबले भने ‘अब केही दिनमा टेण्डरको प्रक्रिया हुनेछ म सबैलाई ढुक्क हुन आग्रह गर्छु ।’

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले भने–‘फुटबल रंगशाला नबन्ने भन्नेनै छैन’ उनले पोखरा न्युजसँग भने भने–‘नेपाल सरकारको टेण्डर प्रक्रिया अलि झण्झटिलो र लामो छ त्यही भएर पनि रि टेण्डरमा ढिला भएको हो ।’ रंगशाला निर्माणका लागि नेपाल सरकारले रकम छुट्टाएकोले बन्ने कुरामा आफु विश्वस्त रहेको अध्यक्ष पौडेलले बताए ।

यतिबेला पोखराको फुटबल रंगशाला कछुवाको गतिमा भत्काइंदै छ । उपभोक्ता समिती मार्फत भत्काइन थालेको रंगशालामा थोरै मजदुरहरुले काम गर्दैछन । तर कहिले सम्म भत्किइ सक्छ केही भन्न नसकिने जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले वताए । ‘३५ दिन भित्रका लागि भत्काउन दिइएको हो तर टेण्डर प्रक्रिया ढिलो भएकोले सबै काम ढिला भएको हो टेण्डर भए संगै कामले पनि तिब्रता पाउने छ’ अध्यक्ष गुरुङले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button