विश्वकप क्रिकेट छनोट : नेपाल फिल्डिङ गर्दै

पोखरा न्युज – ०१ चैत्र ।

जिम्बावेमा जारी आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गतको प्लेअफ खेलमा अहिले नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।

जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा अहिले नेपाल एक दिवसीय मान्यता पाउनका लागि पपुवा न्युगिनीको सामना गरिरहेको छ ।

यस खेलमा नेपाल विजयी भए एक दिवसीय मान्यता पाउने सम्भावना बलियो हुनेछ । त्यसैले पनि नेपाललाई आज जित्नै पर्ने दबाब हुनेछ ।

नेपाल समूह ‘बी’को चौथो स्थानमा छ भने पपुवा न्युगिनी समूह ‘ए’ को पाँचौँ स्थानमा छ ।

त्यस्तै, आजै हुने अर्को प्लेअफ खेलमा नेदरल्याण्ड्सले हङ्कङलाई पराजित गरेमा र नेपालले पपुवा न्युगिनीलाई हराएमा नेपालले एक दिवसीय मान्यता पाउने निश्चित छ । अन्यथा हङ्कङ विजयी भएमा नेपालले सातौँ स्थानका लागि अर्को खेल खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button