पोखरामा मारुती सुजुकी ब्राण्डको सेलेरियो एक्स

पोखरा न्युज – ०१ चैत्र ।

मारुती सुजुकी ब्राण्डको सेलेरियो एक्स पोखरा बजारमा भित्रिएको छ ।

सुजुकीको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिले विहीबारबाट उक्त कार बिक्री सुरु भएको जनाएको छ । सेलेरियो एक्स स्पोर्टस्मा एरोडाईनामिक, अगाडीको भाग एक्स थिममा रहेको र दायाँ वाया तथा पछाडी वम्पर स्किड प्लेटमा भएकोले सुरक्षाको हिसाब पनि गाडी उत्कृष्ट रहेको कम्पनीको दावी छ ।

बिक्री सुरुवात गरिएको पहिलो दिनमानै ३ वटा गाडी बिक्री भएको र २ वटा बुकिङ्ग भएको छ । ‘सेलेरियो पूर्णत पारिवारिक कार हो । यो सुजुकीका मोडलहरु अधिकांशको रोजाई छन्।’ बतास ब्रदर्शका प्रमुख अपरेटिङ अफिसर(सिओओ) राजेश रानाभाटले भने‘अन्य मोडल जस्तै एक्स क्रस पनि गण्डकी धौलागिरी क्षेत्रका ग्राहकको पहिलो रोजाईमा पर्ने विश्वास लिएका छौँ।’

यसमा ड्युल एयर व्याग, एन्टिलक ब्रेकिङ सिस्टम, ड्राईभरको साईडमा सिट बेल्ट रिमाईन्डर, ड्राईभरको सिटको उचाई घटवढ लगायका विशेषता रहेको मार्केटिङ अफिसर नवराज अधिकारीले बताए । एक्स क्रस सुन्तलाको सिग्नेचर लगायत विभिन्न ४ वटा रङहरुमा उपलव्ध छ । एक्स क्रसको मुल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसले २३.१ किमी प्रति लिटर माईलेज दिने दाबी गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button