पोखरामा प्रदेश मन्त्रि बस्नेतलाई सुझाब तथा निष्कर्ष हस्तान्तरण

पोखरा न्युज – ०२ फागुन ।

नेपाल खेलकुद पत्रकार मंच कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले शंयुक्त रुपमा आयोजनामा पोखरामा फागुन २३ गते सम्पन्न ‘प्रदेश ४ मा खेल पर्यटनको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा उठेका सुझाब तथा निष्कर्षहरुलाई उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्रि राम शरण बस्नेत लाई बुझाएको छ ।

नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष के्शब पाठकको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले मन्त्रि बस्नेतलाई कार्यक्रममा उठेका २५ बुंदे सुझाब तथा निष्कर्ष सहितको प्रतिबेदन बुझाएको हो । सो अबसरमा मन्त्रालायका तर्फ बाट बुझ्दै मन्त्रि बस्नेतले मंचले गरेको कार्यको प्रशंसा गरे । उनले यि सुझाबहरुले आगामी दिनमा मन्त्रालयले आफ्ना नितीहरु निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।

मन्त्रि बस्नेतले अब छिट्टै नै मन्त्रालयले प्रदेशका गतिविधी र बिकासका कार्यहरुलाई तदारुकताका साथ कार्यान्वयनमा अघि बढाउन उद्योग, बन, पर्यटन, आपूर्ती, विज्ञान तथा प्रवीधी, बाताबरण लगाएतका सवालहरुमा विषयगत विज्ञहरु बाट सुझाव संकलन सुरु गरिएको बताए । उनले प्रदेश ४ लाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रुपमा अघि बढाएमा पर्यटनले फड्को मार्न सक्ने तर्फ इंगित गर्दै पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्यहरुको पहिचानमा पनि मन्त्रालयले कार्य थाल्ने बताए ।

नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशब पाठकको नेतृत्वमा मंचका उपाध्यक्ष दिनानाथ बराल, कार्यसमिती सदस्य नारायण शाही, सुरज श्रेष्ठ, उमेश पुन र नेपाल पर्यटन बोर्ड कार्यालयका प्रमुख सूर्य थपलिया रहेका थिए । मन्त्रि बस्नेतलाई कार्यक्रमको प्रतिवेदन सहित २५ बुँदे सुझाब तथा निष्कर्ष, कार्यक्रमको सम्पूर्ण श्रव्य दृष्य, विभिन्न संचारमाध्यममा प्रकाशित समाचारहरु रहेका छन ।

फागुन २३ गते सम्पन्न कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंचका महासचिब प्रकाश तिमिल्सिना र नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख थपलियाले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्र माथी नेपाल पत्रकार महासंघका कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रदेश मन्त्रि,सांसद, खेलकुदकर्मी, पर्यटन, पत्रकार र समाजसेवीहरु गरि ८० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button