खेलकुदको विकास तथा विस्तारका लागि उपयुक्त कदम चाल्ने मन्त्री विश्वकर्माको प्रतिबद्धता

पोखरा न्युज – ०३ चैत्र ।

नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।

कास्की जिल्लाको ३ नं क्षेत्रबाट प्रत्यक्ष निर्वाचित नवनियुक्त मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रलाई अगाडि बढाउन आफूले सक्दो पहल गर्ने विश्वास व्यक्त गरे ।

उनले अन्तराष्ट्रियस्तरमा देशलाई चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकुद भएकाले यसको विकास तथा विस्तारका लागि उपयुक्त कदम चाल्ने प्रतिबद्धता जनाए ।

नेकपा (एमाले)का नेतासमेत रहेका मन्त्री विश्वकर्माले एमालेको भातृ संगठन मुक्ति समाज नेपालको आन्दोलनमा सहभागी भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button