आउदो शुक्रबारदेखि लेकसाईड राति एक बजेसम्म जाग्ने

डिएनबी, पोखरा न्युज – ०४ चैत्र ।

आउदो शुक्रबार देखि राति एक बजेसम्म पोखराको मुख्य पर्यटकीय स्थल लेकसाईड जाग्ने भएको छ । लेकसाइडको सिमित क्षेत्रमा विभिन्न कार्यक्रमको साथ शुक्रबार देखि सवारी साधन निशेषित क्षेत्र (नो भेइकल जोन) संचालन भएसंगै राति एक बजेसम्म लेकलाईड जाग्ने भएको हो ।

हरेक हप्ताको शुक्रबार र शनिबार अपरान्हः ५ बजे देखि राति १ बजेसम्म पोखरा लेकसाईडको हल्लनचोक देखि बाराहीघाटसम्म उक्त अभियान संचालन भएसंगै राति एक बजेसम्म लेकसाईड जाग्ने भएको व्यवासायीहरु बताएछन। पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को अगुवाईमा विभिन्न पर्यटन सम्वद्ध संघ संस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम संचालन हुने अन्तिम तयारी तिव्र पारिएको वडा नम्बर ६ का वडा अध्यक्ष एंव कार्यक्रम संयोजक जगत बहादुर पहारीले आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना हुने उक्त अभियानमा सफल पार्न संयोजक पहारीले सबैलाई आव्हान गरे । ट्राफिक व्याबस्थापन, ट्राफिक सम्बन्धि विभिन्न सिग्नलहरु राख्ने, उक्त समयमा सडकमा हिड्ने पर्यटकहरुलाई मनोरन्जन दिलाउन विभिन्न सांगितीक कार्यक्रमहरु प्रस्तुत गर्ने बिषयमा समन्वय गर्दै गरेको अध्यक्ष पहारीले बताए । उनले भने “विकृति विसंगति हटाउँदै पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्य रहेकोेले यस अभियानलाई सफल पार्न अधिकांश पर्यटनसँग सम्बद्ध संघसंस्थाले सघाउने प्रतिबद्धता जनाई सकेकाछन । ”

पाईलट प्रोजेक्टको रुपमा हाल सिमित क्षेत्रबाट उक्त कार्यक्रम लागु भए पनि पछि सफल भएसंगै स्थानीयको माग अनुसार क्षेत्र बिस्तार गर्दै जाने अध्यक्ष पहारीको भनाईछ । वडा सदस्य बिष्णु बहादुर भट्टराई सुरक्षा ब्याबस्थापन, फोहोर मैला ब्याबस्थापनमा अर्को वडा सदस्य हरिकृष्ण पहारी, सांस्कृतिक संयोजकमा वडा सदस्य द्धय राम माया विश्वकर्मा र पुष्पा पहारीलाई जिम्मेवार दिईएको छ ।

नो भेईकल जोनका लागि आवश्यक सुरक्षा ब्याबस्था देखि आवश्यक साईन वोर्डहरु राख्ने अन्तिम तयारी भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक (डीएसपी) नविन कार्कीले बताए । नेपाल पर्यटन बोर्डले उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम ल्याउने तयारी गरेको छ । पर्यटन बोर्ड प्रदेश नम्बर ४ को कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले एक साताको ग्यापमा विभिन्न नेपाली सांस्कृतिक परम्परा झल्कनी गित संगित पस्कने तयारी गरेको बताए । गन्धर्व जातिको मौलिक बाजा सारंगी मार्फत पहिलो शुक्रबारबाट सुरु हुने भएको उनले बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले व्यवसायिक एकता भई पुर्वाधार निमार्ण गर्देै उक्त अभियानमा लाग्नु पर्ने बताए ।

पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पहारी, पश्चिमाञ्चल होटल संंघका अध्यक्ष विकल तुलाचन, रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङ, रेवान पोखराका पुर्व अध्यक्ष गोपि भट्टराई, पर्यटन व्यवसायि बासु त्रिपाठी, गोविन्दराज पहारी, हरि भुजेल लगायतले उक्त अभियानलाई सफल पार्न आफुहरुले आवश्यक सहयोग गर्ने बताए । २०६७ साल ७ बर्ष अघि पर्यटन व्यवसायी सुर्य भुजेलको संयोजकत्वमा करिब ६ महिना जसो नो भेईकलन जोन संचालन भए पनि विभिन्न कारणले बिचमै स्थगित भएको थियो । पहिला करिब साँढे ३ किलोमिटर क्षेत्रमा उक्त अभियान सुरु गरिएको थियो भने हाल करिब एक किलोमिटर क्षेत्र समेटिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button