कैलालीमा सोभियत रुसका युवतीद्वारा भगवान् रामको भजन कीर्तन !

पोखरा न्युज – ०५ चैत्र ।

कैलाली जिल्लाको गोदावरी धाममा सोभियत रुसबाट आएका भनिएका तीनजना हिन्दू युवती भजन कीर्तनसहित भगवान् रामको साधनामा लागेका छन् ।

रामनवमी पर्वको नवरात्र शुरु भएको अवसरमा आइतबारदेखि पहेँलो बस्त्रको पहिरनमा उनीहरु गोदावरी धाममा पुगेर साधनारत रहेका हुन् ।

भारतको वनारस हुँदै गोदावरी धाम पुगेका ती युवती हरिद्वारको जुना अखडाबाट दीक्षित भएको बताइएको छ ।

तीनमध्ये एकजना गाँजा भाङका अम्मली रहेको र उनीहरु गोदावरी धामको जंगलको बीचमा दैनिक तीन घण्टासम्म भजनकीर्तन गरेर बसेको पाइएको प्रत्यक्षदर्शी चित्रराज भट्टले बताए ।

रुसका युवतीले हिन्दू धर्मप्रति आस्थावान भई धार्मिक गतिविधिमा सहभागी भएबाट स्थानीय बासिन्दामा कौतुहलता जगाइदिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button