पोखरामा मुख तथा दाँत दिवस मनाइयो

पोखरा न्युज – ०६ चैत्र ।

‘सफा मुख र सफा स्वास्थ्य’ नारा सहित पोखराका निजि तथा सरकारी अस्पतालमा कार्यरत दन्त चिकित्सकहरुले पनि विभिन्न कार्यक्रम गरि मंगलबार मुख तथा दाँत दिवस मनाएको छ ।

प्रमुख अतिथि गण्डकी मेडिकल कलेजका प्रो.रविन्द्र प्रसाद श्रेष्ठले मुख सफा नराख्दा नै मानव स्वास्थ्यामा विभिन्न प्रकारका रोग लाग्ने गर्दछ । मुख नै पहिले द्धार भएकोले मुखको सरसफाईमा ध्यान दिन आवश्य पर्ने कुरामा जोड दिए ।

दाँतमा समस्या आउँदा वा गिँजा तथा मुख संक्रमणका कारण चिनी रोग, मृगौला, मुटु र फोक्सो लगायत शरिरको महत्वपूर्ण अंगमा नकारात्मक असर देखिन सक्ने भएकोले मुख स्वास्थ्यमा विशेष ध्यान पु¥याउनु पर्ने सहभागी दन्त चिकित्सकहरुले बताएका छन् ।

दाँत मुख स्वास्थ्य राख्न बिहान बेलुका खान खाइसके पछि राम्रोसंग पानीले कुल्ला गर्ने संम्भव भए ब्रस गर्ने, हरियो सागपात र रेसादार फलफुल तथा तरकारी मिस्रित पौष्टिक खाना खान सुझाएका छन् ।

विश्व मुख तथा दन्त रोग दिवसको अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा सचेतना सहितको प्ले कार्ड बोकी पोखराको विभिन्न ठाउँमा र्याली समेत गरि गण्डकी मेडिकल कलेजको प्राङ्गणमा एक कार्यक्रम गरि समापन गरिएको नेपाल डेन्टल एशोसिएशन गण्डकीका सचिव डा. कमल चपाईले बताए ।

नेपाल डेन्टल एशोसिएशन गण्डकीका अध्यक्ष डा. उमेश पराजुलीको सभापत्विमा सम्पन्न सो कार्यक्रममा डा.निर्मल लामिछाने, डा.टुमाया घले, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संचालन सचिव डा.कमल चपाईले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button