अधिकांश नेताहरू मन्त्री भएपछि एकता प्रतिवेदनमा ढिलाइ

पोखरा न्युज – ०६ चैत्र ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलमा रहेका अधिकांश नेताहरू मन्त्रीको जिम्मेवारी पाएपछि अन्तरिम विधान र वैचारिक दृष्टिकोणसम्बन्धी कार्यदलको प्रतिवेदन आउन ढिलाइ भएको छ ।

पार्टी एकता संयोजन समितिले गठन गरेका ती दुई कार्यदलको आपसी छलफल जारी रहेपनि प्रतिवेदन बुझाउन केही समय लाग्ने देखिएको छ । संगठन कार्यदलको आज गृह मन्त्रालयमा बसेको बैठकले अन्तरिम विधानमा दफाबार छलफल भएको र चाँडै अर्काे बैठक बस्ने समझदारी भएको कार्यदलका सदस्य वेदूराम भूषालले जानकारी दिए।

उनले सम्भवत : आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन पार्टी एकता हुने भएकाले प्रतिवेदनका लागि पर्याप्त समय रहेको बताए ।

दुई दलका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको गत फागुन ७ गतेको बैठकले तय गरेको एकताका प्रारम्भिक सात आधारमा केन्द्रित रहेर १५ दिनभित्र प्रतिवेदन तयार गर्न फागुन १० गते संगठन र वैचारिकसम्बन्धी कार्यदल बनाएको थियो । उक्त अवधि (फागुन २५) भित्र समय अपुग भई यही चैत ५ गतेसम्मको समय बढाइएकामा यो समय पनि गुज्रेको छ ।

संगठन कार्यदलको संयोजकमा गृहमन्त्री एवं केन्द्रका नेता रामबहादुर थापा र वैचारिक कार्यदलको संयोजकमा एमालेका नेता माधवकुमार नेपाल सदस्य छन्  ।

केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको संगठन कार्यदलले विधान र संगठनका लागि दुई अलगअलग उपसमिति बनाएर प्रतिवेदनको मस्यैदा तयार गरेको थियो ।

चुनावी गठबन्धन हुँदै अघि बढेका दुई दलले नयाँ सरकार गठनसँगै एकता प्रक्रियालाई थप अघि बढाएका हुन् । फागुन ७ गतेको एकता संयोजन समितिको बैठकले माक्र्सवाद लेनीनवादको मार्गदर्शक सिद्धान्तका आधारमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने लगायत सात बुँदे आधार तय गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button