सातै प्रदेशमा अन्तराष्ट्रिय स्तरकै स्टेडिएम बन्छन- मन्त्री विश्वकर्मा

पोखरा न्युज – ७, चैत्र ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले  पार्टीको घोषणा पत्र अनुसार पनि आफुहरुले सातै प्रदेशमा अत्याधुनिक अन्तराष्ट्रिय स्तरकै स्टेडिएम बनाउने दाबी गरेका छन् ।

मदन भण्डारी स्पोटर्स एकेडेमी प्रदेश नम्बर ४ पोखराको मंगलबार वेलुका पोखरामा भएको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले निर्वाचनका वेला  जनता सामु गरेको प्रतिवक्तता पुरा गरि छाड्ने बताएका हुन्।

काठमाण्डौंमा हाल दशरथ रंगशाला निमार्णाधिन अबस्थामा रहेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले बागमतीमा अर्को अत्याधुनिक रंगशाला निमार्ण गर्ने बताए । उनले भने “ तल्लो स्तरबाट खेलकुदको विकास गराउन गाँउपालिका, नगरपालिका तथा महानगरपालिकामा ब्यबस्थित रंगशाला बनाउने बताए ।

देशको लागि खेल्ने खेलाडीहरुलाई राज्यले कुनै न कुनै हिसावले रेखदेख गर्ने बताउदै उनले खेलाडीलाई खेलेर बाच्न सक्ने अबस्था सृजना गर्ने दाबी गरे । उनले भने “ खेलाडीहरुमा हाल जुन सकस छ, खेलाडीमा भएको दुरा अबस्थालाई अन्त्य गरी खेलाडीको भविश्य सुनिष्चित पार्छौ। ” क्रिकेटमा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेकोमा खुसि व्यक्त गर्दै मन्त्री विश्वकर्माले खेलाडीहरुको उत्साहलाई मर्न नदिन राज्य गम्भिर हुने बताए ।

उक्त अवसरमा मदन भण्डारी स्पोटर्स एकेडेमी प्रदेश नम्बर ४ संयोजक राजेस गुरुङले मन्त्री विश्वकर्मालाई माला खादा लगायर सफताको कामना गर्देै अनावश्यक खेल संघलाई खारेज गर्न जोडदार माग गरेका छन। गुरुङले  पोखराको खेलकुदको भौतिक संरचनामा ध्यान दिन मन्त्री विश्वकर्मालाई आग्रह गरे ।

एकेडेमी कास्कीका अध्यक्ष ऋषिराम गौतम, एकेडेमीका कृष्ण प्रसाद तिमिल्सिना लगायतले मन्त्रीको कार्यकालको सफलताको शुभकामन व्यक्त गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button