भ्रष्ट्राचार नियन्त्रण गर्न ऐन कानुनहरु ल्याउदैछौ – राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

डीएनबी, पोखरा न्युज – ७, चैत्र ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभामा आफुले निष्पक्ष भूमिका निर्वाह गर्ने बताउदै भ्रष्ट्राचार नियन्त्रण गर्न आफुहरुले ऐन कानुनहरु ल्याउन लागेको  बताएका छन।

नेपाल पत्रकार महासंघ कास्कीले बुधबार पोखरामा आयोजना गरेको अन्तक्रिर्या कार्यक्रम (फेस टु फेस) मा वोल्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले पर्वतबाट आफु सांसद निर्वाचित भएपछि एमाले पार्टीले दिएको जिम्मेवार राष्ट्रिय सभा अध्यक्षमा हुदा सम्म निष्पक्ष भुमिका निर्वाह गर्न आफु तयार रहेको बताएका हुन।

राष्ट्रिय सभामा हाल आफु सवैको साझा व्यक्तिको रुपमा रहेकोले सत्तापक्ष र प्रतिपक्षले उठाएका जाहेज बिषयलाई  कुनै पुर्वाग्रह नगरी  स्थान दिने बताउदै  तिमिल्सिनाले आफु राष्ट्रिय सभाको अध्यक्ष भएसंगै पार्टीबाट अलग रहेको बताए । उनले भने “ मलाई जसरी पार्टीले विश्वास गरेर यो स्थानमा पु¥यायो, मैले आफ्नो यो पदमा हुदासम्म  कानुन  पुर्ण रुपमा पालना हुने गरी काम गर्छु, देशमा कानुनि शासन र विधिको शासन लागु गर्न हामीले त्यस्तै प्रकारका कानुनहरु ल्याउछौं । ”

सरकारी झनझटिलो प्रकृयाले गर्दा देशमा भ्रष्ट्राचारले प्रसय पाएको समेत उनले बताए । उनले भने “ एउटा सानो काम गर्दा पनि हाम्रो सरकारी निकायमा धेरै ठाँउमा फाइल लैजानु पर्ने, तल माथि, कोठा, कोठामा कागजी धेरै लामो प्रकृया छ, जसले गर्दा पाइलै पिच्छे जसो भ्रष्ट्राचारलाई प्रसय दिएको हामीले महशुस गरेका छौं, अब यसलाई नियन्त्रण गर्न हामीले त्यस्तै किसिमको ऐन कानुनहरु ल्याउदैछौं । ”

७० बर्ष पछि राजनीतिक लडाई सकिएको बताउदै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले अब संविधान दोश्रो चरणमा प्रबेश गरेकोले जारी संविधानलाई व्यवहारमा लागु गर्न, ऐन कानुन बनाउन आफुहरुलाई थप चुनौती रहेको बताए । नेपाली समाजलाई समाजवाद तर्फ लैजान, देशको आर्थिक विकास र समृद्धि हासिल गर्न सत्ता पक्षसंगै प्रतिपक्षले उठाउका जाहेज मागलाई आफुहरुले प्रथामिकता दिने उनले बताए ।

प्रतिपक्ष सङख्याका हिसावले थोरै भए पनि जनताको प्रतिनिधित्व भएकोले जाहेज माग सुनुवाई गर्ने राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले विश्वास व्यक्त गरे। करिब एक सय भन्दा बढी ऐनहरु संघिय सरकारबाटै निमार्ण गर्नू पर्ने भएकोले यसमा आफुहरुले बढी भन्दा बढी सोच बिचार गरी विज्ञहरुको राय सल्लाहले ल्याउने तयारी गरेको उनले बताए ।

भनसुन, पहुच वाला, विचौलीया, बेथिती लगायतका विकृति विसङगति हटाई छाड्ने दाबी गरेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई उम्कन नपाउने ब्याबस्था गर्ने बताए । आफु राष्ट्रिय सभा अध्यक्ष भएर पनि कर्मचारीहरुले समयमै क्वाटरको ब्यबस्था नगरेकोले मन्त्री क्वाटरमा बस्नु परेको उनले गुनासो गरे । कर्मचारीहरुमा ढिला सुस्ती भएको उल्लेख गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले कर्मचारीलाई लम्पटको सङघ्या दिएका  छन। संचार माध्यमहरुले पनि नकरात्मक भन्दा सकरात्मक ढंगले बिषय उठान गर्न उनले आग्रह गरे।

महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । विकास निमार्ण, समाज रुपान्तरणको लागि राखिएको साक्षत्कार कार्यक्रममा विभिन्न राष्ट्रिय तथा समाजमा बिषेश योगदान पुराएका व्यक्तिहरुको अनुभव नयाँ सोच बिचार र अन्तरकृया सहितको कार्यक्रमको पहिलो सुरुवात भएको अध्यक्ष श्रेष्ठले बताए ।

सचिव रामप्रसाद तिमिल्सिनाले यस्ता कार्यक्रमले अनुज पुस्तालाई अघि बढ्न धेरै हौसला दिने  बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button