जिप दुर्घटनामा एकको मृत्यु, ६ घाइते

पोखरा न्युज –  ७ ,चैत ।

पश्चिम रुकुमको सदरमुकाम मुसिकोटबाट आठबिसकोट जाँदै गरेको लु १ ज २६३८ नम्बरको जिप केहीबेर अघि बाफिकोट६ मग्मामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य छ यात्रु गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइँदैछ । अहिलेसम्म मृतकको पहिचान भइसकेको छैन । घटनास्थलमा अहिले उद्धार कार्य जारी छ ।

जिप सडकबाट करिब १५० मिटर तल खसेको बताइएको छ । प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हो ।

पाँच यात्रु क्षमताको जिपमा २३ जना सवार रहेको बताइएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button