नेपालमा पहिलो पटक अष्ट्रेलियन भाषाको पढाइ हुने

पोखरा न्युज – ०८ चैत्र  ।

‘न्यो लिङ्वा इन्टरनेशनल करियर सेन्टर’ले नेपालमा पहिलो पटक आउँदो सातादेखि काठमाडौंमा अन्तराष्ट्रियस्तरको अष्ट्रेलियन भाषा पढाइ सञ्चालन गर्ने भएको छ ।

सेन्टरका अध्यक्ष सुरज राजभण्डारीले अष्ट्रेलियामा गएर अध्ययन गर्ने विद्यार्थीका लागि सजिलो होस् भनेर उक्त भाषामा नेपालमा पहिलो पटक पढाउन थालिएको बताए ।

“नेपालबाट आइएल्स गरेर गएपछि अष्ट्रेलियामा फेरि अर्को परीक्षा पनि दिनुपर्छ”, उनले भने, “अनुत्तीर्ण भएपछि पुनःअष्ट्रेलिया भाषा पढ्नुपर्छ । त्यसैले यहाँ नै विद्यार्थीलाई उक्त भाषाको सबै कोर्ष अध्ययन गराउन थालेका हौँ ।” भण्डारीले भने।

अष्ट्रेलियाको युनिभर्सल अफ टेक्नोलोजी सेन्डेनी विश्वविद्यालयको सहयोगमा सेन्टरले नेपालमा १० हप्ताको उक्त भाषाको कोर्ष पढाउन थालेको हो ।

उक्त भाषा पढ्न अष्ट्रेलियामा विद्यार्थीले एक हप्ताको ५०० डलर तिर्नुपर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button