पोखरामा बिजनेश म्यानेजमेन्ट तालिम सम्पन्न

अनुज कुलुङ, पोखरा न्युज – १० चैत्र ।

ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले चैत्र ९ र १० गते आफ्नो रजत महोत्सवको अवसरमा बिजनेश म्यानेजमेन्ट ट्रेनिङ फर ट्रेकिङ इन्ट्रपेनरसीपको दुई दिने तालिम भव्यताका साथ होटल रानीबन आर्कीड लेकसाइडमा सम्पन्न गरेको छ ।

नेदरल्यान्डमा रहेको पुम नेदरल्यान्डको विशेष सहजीकरण र नेपाल पर्यटन बोर्डको प्रचार संयोजनमा सम्पन्न भएको उक्त तालिममा प्रशिक्षार्थीको रुपमा पोखरामा रहेका ट्रेकिङ एजेन्सी सञ्चालकहरुको विशेष सहभागीता रहेको थियो ।

“ट्रेकिङ कम्पनीको सञ्चालकहरुले अफिस म्यानेज्मेन्टसँगै पर्यटनको बजार व्यवस्थापनको रणनीति अझ व्यवस्थीत ढंगले व्यापकताका अगाडि बढाउनुपर्ने आजको आवश्यकताको कुरा हो” भन्दै टान पश्चिमाञ्चलका अध्यक्ष दीपकराज अधिकारीले तालिम सुरुवात अघि औपचारिक कार्यक्रममा आफ्नो भनाई राखेका थिए ।

प्रशिक्षकको रुपमा पुम नेदरल्यान्डको बिजनेश कन्सल्ट्यान्ट-एक्स्पर्ट एन्स विलियमले प्रशिक्षार्थीहरुलाई कम्पनीको व्यापार व्यवस्थापन र मार्केटिङको बारेमा सुक्ष्म ढंगले प्रशिक्षण गराएका  थिए ।

“नेपाल पर्यटनलाई व्यापक रुपमा सम्वद्र्धन गर्नको निमित्त यस किसिमको तालिमको अत्यन्तै ठुलो भुमिका छ” भन्दै टान पश्चिमाञ्चलका सचिब शुशिल राज पौडेलले बताए ।

“पुम नेदरल्यान्डसंग टान पोखराको एक किसिमको संझौता पहिलेदेखि नै भएको थियो । उक्त संझौता अनुसार यो तालिम पनि आयोजना गरिएको हो । र आगामी दिनमा पनि यस किसिमको कार्यक्रम आवश्यकता आयोजना गर्छौ“ भन्दै कार्यक्रमका सयोजक मिलन तिवारीले तालिमको औपचारिक समापन कार्यक्रममा बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button