जाउँ है पोखरा कार्यक्रम सम्पन्न

पोखरा न्युज – १३ चैत्र  ।

पन्ध्रौं फेवा नव वर्ष महोत्सवको प्रचारका लागि नेपालका विभिन्न १५ जिल्लामा प्रवद्र्धन अभियान संचालन गर्दै यसपटकको जाउँ है पोखरा कार्यक्रम सम्पन्न भएको छ । पश्चिमाञ्चल होटल संघले संचालन गरेको अभियान अन्तर्गत मुख्य गरी धनगढी, कंचनपुर, नेपालगंज र सुर्खेत समेटिएका थिए ।

कार्यक्रमका अवसरमा पश्चिम नेपालका पर्यटन व्यवसायीले पर्यटकीय नगरी पोखराका व्यवसायीसँग पर्यटक आदानप्रदानको प्रस्ताव राखेका थिए । १६ वर्ष अघि सुरु भएको जाउँ है पोखरा अभियानको क्रममा पश्चिम नेपालमा अयोजित विभिन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा त्यस क्षेत्रका व्यवसायीले पर्यटक आदान प्रदानको प्रस्ताव राखेका हुन् । विभिन्न सिमावर्ती नाका भएर पश्चिम नेपाल भित्रने भारतीय पर्यटकलाई पोखरा सम्म पठाउन आफूहरु तयार रहेको पश्चिमका व्यवसायीले बताए । त्यसको सट्टा पोखराले समेत आन्तरिक पर्यटक तथा विभिन्न स्थल हुँदै पोखरा पुग्ने पर्यटकलाई पश्चिम नेपालका विभिन्न ठाउँको भ्रमणमा जान अभिप्रेरित गर्ने प्रस्ताव पश्चिमका व्यवसायीले राखेका हुन् ।

विदेशी मात्र होइन नेपाली पनि पर्यटक हुन सक्छन् भन्ने मान्यता अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन अभियान अन्तर्गत पश्चिम नेपालमा जाउँ है पोखरा अभियान संचालन गरिएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं कार्यक्रम संयोजक विकल तुलाचनले जानकारी दिए । १० वर्षे द्वन्द्वको कठिन अवस्थामा सुरु भएको जाउँ है पोखरा अभियानकै कारण अहिले पोखरामा आन्तरिक पर्यटकको अकुपेन्सी ५० प्रतिशत पुगेको होटल संघ नेपालका केन्द्रिय सदस्य विप्लव पौडेलले बताए ।

पोखरामा यही चैत २८ गते देखि आगामी वैशाख २ गते सम्म संचालन हुने १५ औं फेवा नव वर्ष महोत्सव २०७५ बारे समेत पश्चिमका व्यवसायीलाई जानकारी गराइएको थियो । जाउँ है पोखरा अभियानकै क्रममा संघले छुटसहितको विभिन्न पर्यटकीय प्याकेज समेत सार्वजनिक गरेको थियो । घुमघाम, शैक्षिक भ्रमण र हनिमुनका दुई खाले गरी कूल ४ वटा प्याकेजहरु सार्वजनिक गरिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । यी प्याकेजहरु पोखराका बस्न र रमाउन दुई हजार नौ सय रुपैयाँदेखि २१ हजार एक सय १० रुपैया विचका रहेका छन् ।

यसै त्रममा धनगढीमा आयोजित कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कमल बमले पर्यटन प्रवद्र्धनका लागि पोखरा र कैलालीका पर्यटन व्यवसायीविच सहकार्य आबश्यक भएको बताए । महेन्द्रनगरको कंचनपुरमा आयोजित कार्यक्रममा होटल व्यवसायी संघ कंचनपुरका अध्यक्ष परमानन्द भण्डारीले सुन्दर सुदुर पश्चिमको नारा सहित आफूहरु रारा ताल सहित पश्चिम नेपालको प्रचार गर्न खोजिरहेको जानकारी गराउँदै पर्यटनको हिसावले सो क्षेत्र निकै संभावनायुक्त भएको भनाई राखे । बुद्ध एयरले आगामी वैशाख १ गतेबाट पोखरा–नेपालगंज रुटमा समेत सिधा उडान सेवा प्रदान गर्न लागेकोमा पोखरा र पश्चिम नेपाल दुबै क्षेत्रका व्यवसायी खुशि भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button