प्रम ओलीले नयाँ वर्षमा देशवासीलाई राराबाट सम्बोधन गर्ने

पोखरा न्युज – १५ चैत्र  । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उनी रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने भएका नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौ महाअधिवेशनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् । “कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु”, प्रधानमन्त्री ओलीले भने, “राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।” समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button