पोखरा रंगशालामा धमाधम खेल पुर्वाधार निमार्ण हुँदै

डिएनबी, पोखरा न्युज – १५ चैत्र ।

पोखरालाई खेलकुदको राजधानी बनाउने अभियान अन्तर्गत यति बेला पोखरा रंगशालामा खेल पुर्वाधारका विभिन्न भौतिक संरचनाको निमार्ण कार्यले तिव्रता पाएको छ ।

पर्यटकीय नगरी पोखरामा खेल पर्यटन सहित खेलकुदको विकास गर्ने उद्धेश्यले पोखरा रंगशालामा हाल खेलका विभिन्न भौतिक पुर्वाधारको निमार्ण कार्य धमाधम सुरु भएको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

सन २०१९ मा नेपालमा हुने दक्षिण एसियाली खेलकुद अन्तर्गत केहि खेलहरु पोखरामा हुने अपेक्षा सहित पोखरामा खेल पुर्वाधार निमार्ण हाल धमाधम सुरु भएको उनले जनाए । क्षेत्रफलका हिसाबले देशकै सबै भन्दा ठुलो खेल मैदान पोखरा रंगशालामा करिब १० करोडको लागतका खेल पुर्वाधार निमार्ण सुरु भएको उनले जनाए । स्क्वास खेलको कोर्ट सहितको प्रशिक्षण केन्द्र, ब्याडमिन्टन प्रशिक्षण केन्द्र सहितको खेल पुर्वाधारु निमार्ण सुरु भएको प्रमुख बरालले बताए । लन टेनिस कोर्ट निमार्णको प्रकृयामा रहेको उनले जनाए ।

प्रमुख बरालका अनुसार ४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको रंगशालामा पछिल्लो ७ बर्ष यता हालसम्म पोखरा रंगशालामा करिब २१ करोडको लागतमा विभिन्न खेल पुर्वाधार तथा खेल मैदान एवं बहुउद्धेश्य भवन निमार्ण भएका छन। उनका अनुसार १४ करोडको लागतमा बहुउद्धेश्य भवन, २ करोडको लागतमा आर्चरी प्रशिक्षण केन्द्र, एक करोडको लागतमा लन टेनिस कोर्ट, १ करोड २० लाखको लागतमा भलिवल प्रशिक्षण केन्द्र निमार्ण भएको हो । त्यसै गरी ६७ लाखको लागतमा सेमिकवर्ड हल, एक करोड लागतमा क्रिकेट मैदान, मुल गेट, स्केटिङ मैदान, करिब ७ सय मिटर पिच, खानेपानि वोरिङ लगायतको गरी २१ करोड बढी भौतिक संरचनामा लगानी भएको प्रमुख बरालले जनाए ।

राष्ट्रिय खेलकुद परिषदबाट एक करोड १० लाख विनियोजन भएको ब्याडमिन्टनको प्रशिक्षण केन्द्र निमार्णको लागि आवश्यक रकम कास्की जिल्ला व्याडमिन्टर संघले जोहो गर्दैछ । ३ करोड ५४ लाखको लागतमा पोखरामा अन्तराष्ट्रिय स्तरकै ब्याण्डमिन्टन सभाहल निमार्ण हुने भएको हो । आर्थिक बर्ष २०७४ माघ देखि निमार्ण कार्य सुरु भएको उक्त प्रशिक्षण केन्द्रको आगामी डेढ बर्षमा निमार्ण कार्य सकिने गरी काम भई रहेको संघका अध्यक्ष डम्बरसिंह गुरुङले बताए । उनका अनुसार एक करोड रुपैया स्थानिय स्तरबाटै जुटाईने भएको छ भने बाँकी रकम राखेपबाट प्राप्त हुने छ । ३ करोड ५४ लाखको लागतमा अन्तराष्ट्रिय स्तरकै ४ वटा ब्याण्डमिन्टन कोर्ट सहितको प्रशिक्षण केन्द्र निमार्ण हुने भएको हो ।

त्यसै गरी जनस्तरबाटै २ करोड ५० लाखको लागतमा स्क्वासको प्रशिक्षण केन्द्र बन्न लागेको स्क्वास रोकट एशोसियसन कास्कीका अध्यक्ष पुष्पराज श्रेष्ठले बताए । पोखराका युवा उद्योगि व्यवसायी प्रकास केसीको संयोजकत्वमा उक्त प्रशिक्षण केन्द्र निमार्ण समिति गठन भई विगत ४ महिना अघि देखि काम सुरु भएको उपाध्यक्ष रविन्द्र वाटाजुले बताए ।

केसी सहित केहि खेलाडी तथा पोखरेलीहरुको लगानीमा क्षेत्रिय स्तर हुदै राष्ट्रिय स्तरको एउटा स्क्वास कोर्ट निमार्ण गर्ने भएको वाटाजुले जनाए । पहिला एउटा कोर्ट निमार्ण गरी त्यस पछि अन्य कोर्ट निमार्ण गर्ने योजना रहेको उनले जनाए । ब्याडमिन्टन र स्क्वासको प्रशिक्षण केन्द्र समितिको कार्यालय भन्दा पश्चिमपट्टि निमार्ण कार्य प्रभारम्भ भईसकेको छ । एक करोड २० लाखको लागतमा राखेप सहितको कास्की जिल्ला भलिवल संघको अगुवाईमा उक्त भलिवल प्रशिक्षण केन्द्र निमार्ण भएको संघ कास्कीका अध्यक्ष भिम पराजुलीले बताए ।

पोखरा रंगशालामा हाल अन्तराष्ट्रिय खेल खेल्नको लागि भलिवल र आर्चरी खेलको आवश्यक पुर्वाधार निमार्ण भएको समितिका अध्यक्ष यम बहादु्र गुरुङले बताए । लन टेनिस खेलको लागि हाल ५ वटा कोर्टहरु निमार्ण भए पनि प्राविधिक हिसावले चेन्जिङरुम, हार्ड कोर्ड, प्ले कोर्ड, टुवाईलेट वाथरुम, प्याराफिट आवश्यक भएको अध्यक्ष गुरुङले बताए । कास्की जिल्ला लन टेनिस संघले विभिन्न दाताहरुको खोजि गरी करिब एक करोड लगानीमा ५ वटा टेनिस कोर्ट निमार्ण गरेको संघ कास्कीका अध्यक्ष विनोद कायस्थले बताए । उनका अनुसार पोखरामा अन्तराष्ट्रिय स्तरकै टेनिस कोर्ट निमार्णको लागि राष्ट्रिय खेलकुद परिषदबाट ३ कारेड ४५ लाखको बजेट विनियोजन भएको छ। उक्त भौतिक संरचनाको लागि हाल टेण्डर समेत आव्हान भइ सकेको उनले जनाए ।

पोखरामा करिब एक अर्व लगानीमा अन्तराष्ट्रिय स्तरकै अध्याधुनिक प्यारापिट सहितको फुटबल मैदान निमार्ण हुने प्रकृयामा रहेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । यस अघि टेण्डर परेका ६ वटा कम्पनि मध्य टेण्डर प्रकृया पुरा गरेको दुई वटा कम्पनी पनि नपरेकोले पुनः टेण्डर प्रकृयामा जानु पर्ने भएकोले फेरी टेण्डर प्रकृयामा जाने भएको उनले बताए । करिब २० हजार दर्शक क्षेमताको प्यारापिट सहितको फुटवल मैदान निमार्ण हुने भएको छ। भूतपुर्व खेलाडी मञ्च नेपालको अगुवाईमा स्वदेश तथा विदेशी दाता तथा खेलकर्मीबाट रंगशालामा २०६१ सालमा करिब एक करोड ३ लाखको लागतमा पर्खाल लगाउने काम भएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए । रंगशाला संरक्षणको लागि गरिएको पर्खाल हाल केहि ठाँउमा भत्कने गरी नाला निमार्ण भएकोमा अध्यक्ष गुरुङले चिन्ता व्यक्त गरेका छन।

पोखरामा विगत २०४० सालमा हतारमा निमार्ण गरिएको पुर्व तथा पश्चिमको प्यारापिट हाल भत्काउने कार्य जारी रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button