यस वर्ष खुम्बु आउने पर्यटकको संख्यामा वृद्धि

पोखरा न्युज – २३ चैत्र ।

फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।

सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन् ।

सबैभन्दा बढी बेलायतका ३५४ जना पर्यटकले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज, जोरसल्ले पोष्टका प्रमुख मिश्रकाजी तामाङले जानकारी दिए । अमेरिकाबाट ३७८, जर्मनीबाट ३०७ र चीनबाट २७० जना पर्यटक खुम्बु भ्रमणमा आएको तथ्यांकमा उल्लेख छ ।

सार्क क्षेत्रबाट ७९ जना र सबैभन्दा कम बंगलादेश, क्रोएसिया, कम्बोडिया, लिथोनियाबाट एक-एक जना आएका छन् । बाह्य राष्ट्रका पर्यटकसँगै सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नेपालको आन्तरिक पर्यटकको पनि आकर्षण बढेको पोष्टका प्रमुख तामाङले बताए । काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाबाट पनि पर्यटक अवलोकन, अध्ययन भ्रमणमा पुग्ने गरेका उनले बताए ।

२०७२ को फागुन महिनामा १,५९० र २०७३ को फागुन महिनामा २,७१७ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका थिए । सगरमाथा राष्ट्रिय निकुञ्जले विदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु तीन हजार ३९० र सार्क क्षेत्रका पर्यटकका लागि रु एक हजार ६९५ राजश्व संकलन गरेको छ ।

फागुन महिनामा पर्यटकबाट रु ८५ लाख आठ हजार राजश्व प्राप्त भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चेका सूचना अधिकारी सहायक संरक्षण अधिकृत मानबहादुर खड्काले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button