पोखराको लेकसाइडमा १ अर्ब २५ करोड लगानीमा होटल सरोवर सञ्चालनमा आउने

स्विस इन्टरनेशनल होटलद्धारा व्याबस्थापन गरिने,

डि.एन.बी, पोखरा न्युज ।

पोखराको लेकसाइडमा १ अर्ब २५ करोड रुपैयाँ लागतमा  सुविधा सम्पन्न पाँचतारे स्तरको होटल सरोवर सञ्चालनमा आउने भएको छ ।

अत्याधुनिक प्रविधि तथा वातावरण मैत्रि हुने गरी निमार्णको भएको उक्त होटल असारको दोश्रो हप्ता देखि संचालन हुने गरी हाल निमार्ण कार्य अन्तिम चरणमा पुगेको होटल सरोवरका निर्देशक डा.मोहन पहारीले बताए ।

आफुहरुले पाँच तारे होटलमा हुने सवै प्रकारको सेवा सुविधा सहितको विभिन्न प्याकेज ल्याउने गरी असारको दोश्रो साता देखि उक्त होटल संचालन गर्ने तयारी गरेको उनले जनाए । होटलमा ९६ वटा बिभिन्न सुबिधाहरु भएका रुमहरु हुने भएको निर्देशक पहरीले बताए। जस मध्य १३ वटा सुईस रुम, हनुमुन रुम, डिलक्स र रोयल डिलक्स रुमहरु रहेको होटलले जनाएको छ।

लामो समय प्राध्यापन तथा व्यबसायिक क्षेत्रमा रहेका प्रा. डा.(इ.) भरतराज पहारी र चिकित्सा क्षेत्रमा करिब २० बर्षको अनुभवी डा.मोहन प्रसाद पहारीको संयुक्त पहलमा उक्त होटल संचालनमा ल्याउन लागेका हुन । नेपालमा पर्यटनको राम्रो सम्भावना देखेर आफुहरुले होटलमा लगानी गरेको उनीहरु बताउछन। करिब छ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा चौबिसै घण्टा सुबिधा हुने अध्यक्ष प्रा.डा.पहारीले बताए । उनले भने “यो होटल यस क्षेत्रको उच्च सुबिधा सम्पन्न होटलको रुपमा निर्माण भैरहेको छ, यो होटलको लागत सबा अरब रहेकोछ, वातावरण मैत्री बिधिबाट बनाइएको नेपालको एक मात्र होटल हो ।”

उक्त होटल डिजायन तथा निर्माणमा न्युन प्रदुषण भएका निर्माण सामाग्रीहरु मात्र प्रयोग भएको, नेपाली सस्कृति र शैलीलाई बिशेष ध्यान दिएर निर्माण गरिएको , होटलमा आवश्यक बिजुलीको अधिकांश हिस्सा सौर्य उर्जाबाट व्यवस्था गरिएको अध्यक्ष प्रा.डा.पहारीले बताए । होटलबाट निस्कने जैविक फोहरहरुलाई पुनः प्रयोग हुने गरी बायो ग्याँस उत्पादन गरिने, जमिन मुनीको तापाक्रमको प्रयोग बाट दुई तल्लालाई वातानुकुलित बनाइएको पहारीले जनाए । होटलमा पार्किङ गर्न स्वचालित मेकानिकल व्यवस्था गरिएको छ ।

भुई तला मात्र दुई सहित १० तले उक्त होटलको माथिल्लो तलामा रुफ टफ रेष्टुरेण्ट जसबाट १ सय ५० जनालाई सेवा दिन सकिने भएको अध्यक्ष प्रा.डा.पहारीले बताए । उक्त रेष्टुरृेण्टबाट हिमश्रृखला, लेकसाईड, फेवाताल सहितको दृश्यावलोकन गर्न सकिने उनले बताए । होटलमा विश्वस्तरको स्पाः तथा फिटनेस सेन्टर, जाकुजी, सुईमिङपुल, लिफुटिङ, अपाङग मैत्रि भएको अध्यक्ष प्रा.डा.पहारीले बताए । सभा सम्मेलन तथा बैठकहरु गर्नका लागि जम्मा एक हजार बर्ग फिट क्षेत्रफलमा ७ वटा सभाहलहरु रहेको अध्यक्ष प्रा.डा.पहारीले बताए । उनका अनुसार सबै सभाहलमा करिव ७ सयलाई एकै पटक खाजा तथा खानाको ब्याबस्था समेत गर्न सकिन्छ । उनले भने “ सभाहलहरुलाई आवश्यकता अनुसार पार्टिसनहरुबाट सानो या ठुलो गर्न सकिन्छ, साथै थप दुई बैठककक्षहरु रहेका छन् । ”

यसैबिच, शनिबार पोखरामा आयोजित एक समारोहका बिच होटल सरोवर र स्विसको स्विस इन्टरनेशनल होटल्स एण्ड रिसोर्ट बिच होटल संचालन संझौता समेत भएको छ। होटल सरोवरका अध्यक्ष प्रा.डा.भरतराज पहारी र स्विस इन्टरनेशनल होटल्स एण्ड रिसोर्टका अध्यक्ष हेनरी केनेडीले एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन। सम्झौता पछि होटल सरोवरको संचालनको जिम्मेवारी स्विस इन्टरनेशनले लिनेछ । पहिलो चरणमा पाँच बर्ष त्यस पछि थप ५ बर्ष सम्झौता हुने सहमति भएको उल्लेख गरिएको छ। करिब ३० बर्ष अगाडि स्विजरलैण्डमा स्थापित भै युरोप, भारत, चिन, अफ्रिका र मध्यपूर्वमा स्विस गुणस्तर, मुल्य मान्यता र सुध्दतालाई स्विस इन्टरनेशनलले स्थापित गरेको रिसोर्टका अध्यक्ष केनेडीले बताए । उक्त होटलमा स्विसबाट जनरल म्यानेजर, चिफ एकाउन्टेन आउने अन्य नेपालका करिब एक सय २५ जनालाई प्रत्यक्ष रोजगार दिने भएको अध्यक्ष प्रा.डा.पहारीले बताए । उनका अनुसार गुणस्तरियताका  हिसावले हाल पोखरामा संचालनमा आएका होटलहरुको भन्दा यो होटलको  शुल्क केहि बढी हुनेछ ।

पोखरामा गुणस्तरिय पर्यटकहरु भित्राउने उद्धेश्यले  आफुहरुले विश्व स्तरकै सेवा दिन लागेको  पहारीले दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button