पोखराका पर्यटन व्यवसायीहरु एक भएको सन्देश दिन सामुहिक शुभकामना आदन प्रदान

 

डिएनबी, पोखरा न्युज – २७ चैत्र । 

पोखरा पर्यटन परिषदमा आवद्ध १९ वटा संघ संस्था एक आपसमा भेला भई सम्भवत पहिलो पटक शुभकामना आदन प्रदान गरेका छन।

परिषदको अगुवाईमा पोखराको बुमर्याङ रेष्टुरेण्टमा भेला भएका परिषदमा आवद्ध १९ वटै पर्यटन सम्वद्ध संघसंस्थाका पदाधिकारी एकै स्थानमा भेला भई एक आपसमा शुभकामना आदन प्रदान गरेका हुन।

नेपाली नषँ बर्ष २०७५ को पुर्व सन्ध्यामा शुभकामना गर्दै पोखराका पर्यटन व्याबसायीहरु अब एक भएको सन्देश दिन पनि आफुहरुले उक्त कार्यक्रम पहिलो पटक आयोजना गरिएको परिषदका अध्यक्ष केदारनाथ शर्माले बताए । उनले भने “ स्वच्छ व्यक्ति ट्रेडले माग गरेको छ, अब पर्यटनमा को ठुलो वा को साना भन्नु भन्दा अब हामी सवै समान ढंगले एक भई लाग्नुको विकल्पै छैन । ”

प्रदेश नम्बर ४ को राजधानी हुने पोखरामा रहेका सम्पुर्ण व्यावसायीहरु अब एक भई अघि बढ्नको विकल्प नभएको उनले बताए । कार्यक्रममा पोखराका अग्रज पर्यटन व्यवसायि, युवा व्यवसायी लगायतका विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button