पोखरामा जारी एलजी कपमा आयोजकका दुबै टोली सेमीफाइनल प्रबेश

पोखरा न्युज – ३० चैत्र  । 

लालिगुँरास युवा क्लब पोखरा द्वारा पोखराको अमरसिंह खेल मैदानमा दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न क्वाटर फाइनलमा आयोजक तर्फका एलजी रेड र व्ल्याक सेमीफाइनलमा प्रबेश गरेका छन ।

सम्पन्न क्वाटर खेलमा आयोजक टिम एलजी रेडले कमल पोखरी युबा क्लबलाई ८–० को भारी गोलले र एलजी व्ल्याकले सिक्स्टीनाइन एफसीलाई २–० गोलले जित दर्ता गर्दै सेमीफाइनलमा प्रवेश गरेका हुन ।

त्यसैगरि भंडारढिकको आर्दश युबा क्लबले बुढीबजार युबा क्लबलाई १–० गोलले पन्छाउँदै सेमीफाइनल प्रवेश ग¥यो भने पोखरा भ्याली र लेकसाइड युबा क्लबको बिचको खेल टाइ ब्रेकरमा टुँगो लाग्यो । दुबै टोलीको खेल निर्धारित समयमा २–२ गोल सकिएपछि टाइब्रेकरमा लेकसाइडले भ्याली माथी ४–३ गोलले जित हासिल ग¥यो ।

सेमीफाइनलमा आर्दश संग आयोजक एलजी रेडले भेट पक्का गरेको छ भने एलजी व्ल्याकले लेकसाइड संग सेमीफाइनलमा भिड्ने छ । सेमीफाइनल र फाइनल खेलहरु शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।

बैशाख १ गते सम्म अम्मरसिंह खेल मैदानमा संचालन भएको प्रतियोगिताको मुख्य प्रायोजक हिमा अस एजुकेशन कन्सलटेन्सी रहेको छ । प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी दिएका छन ।
संयोजक गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८०, तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष गुरुङले जानकारी दिए ।

त्यसैगरि प्रतियोगितामा वेष्ट प्लेयर र हाइएष्ट स्कोरर समान नगद ८ हजारका साथमा ट्रफी पाउने छन भने वेष्ट डिफेन्डर, वेष्ट किपर, वेष्ट मिड फिल्डर र वेष्ट स्ट्राइकरले समान नगद ४ हजारका साथमा ट्रफी र अनुशासित एक टिमलाई ट्रफी प्रदान गरिने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button