पोखरामा एलजी कपको उपाधी आयोजक एलजी रेडलाई

पोखरा न्युज – ०१ बैशाख । 

लालिगुँरास युबा क्लब पोखरा द्वारा पोखराको अमरसिंह खेल मैदानमा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” को उपाधी आयोजक एलजी रेडले पाएको छ । उसले उपाधी संगै नगद १ लाख ५० हजार रुपैंया संगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो ।

फाइनल खेलमा एलजी रेडले व्ल्याक माथी हाबी हुँदै २–० गोल अन्तरले उपाधी माथी कब्जा जमायो । दुबै गोल अजित गुरुङले गरे । आयोजकको दोश्रो टोली एलजी व्ल्याकले प्रतियोगितामा उपबिजेता हुँदै नगद ८० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।
त्यसैगरि शनिबार नै सम्पन्न सेमीफाइनल खेल बाट आयोजकको दुबै टोली फाइनलमा प्रवेश गरेका थिए । एलजी रेडले सेमीफाइनलमा भंडारढिकको आर्दश युबा क्लबलाई. २–१ गोल र एलजी ब्ल्याकले लेकसाइड युबा क्लबलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पाखा लगाउँदै फाइनलमा स्थान पक्का बनाएका थिए ।

तेश्रो र चौथो स्थानका लागि भएको खेलमा लेकसाइडले आर्दशलाई वाक ओभर दिएका कारण आर्दशले प्रतियोगितामा तेश्रो स्थान प्राप्त गर्दै नगद २० हजारका साथमा ट्रफी प्राप्त गर्‍यो भने लेकसाइडले नगद १० हजार प्राप्त गर्‍यो ।

त्यसैगरि प्रतियोगितामा एलजी व्ल्याकका गोबिन्द थापा वेष्ट प्लेयर बन्न सफल भए भने एलजी रेडका अजित गुरुङले प्रतियोगिता अवधीभर १२ गोल गर्दै हाइएष्ट स्कोरर भए । उनीहरुले समान नगद ८ हजारका साथमा ट्रफी प्राप्त गरे । त्यसै गरि प्रतियोगितामा एलजी रेडका शुलेमान थापा मगर वेष्ट डिफेन्डर, एलजी रेडका दिप कार्की वेष्ट किपर, एलजी ल्ल्याकका शिन्केमान तामाङ वेष्ट स्ट्राइकर, र उत्कृष्ट प्रशिक्षक एलजी रेडका प्रबिन गुरुङ र बेष्ट म्यानेजर एलजी रेडका बिशाल गुरुङ (माइला) घोषित हुँदै समान नगद ४ हजारका साथमा ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा बिजयी टिमलाई नेपाली सेना पश्चिम पृतनाका सहायक पृतनापती तारा बिक्रम शाह, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका उपाध्यक्ष सुनिल गुरुङ, लोकतान्त्रिक खेलकुद संघ जिल्ला अध्यक्ष याम बस्नेत, एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, युवा व्यवसायी महेन्द्र गुरुङ, मुख्य प्रायोजक संस्था हिमाअशका प्रोप्राइटर समिर थापा लगाएतले ट्रफी, मेडल, नगद र प्रमाणपत्र वितरण गरेका थिए । समापन समारोह संस्थाका अध्यक्ष डम्बरजङ्ग गुरुङको अध्यक्षतामा भएको थियो

पोखराको अम्मरसिंह खेल मैदानमा संचालन भएको प्रतियोगिताको मुख्य प्रायोजक हिमाअश एजुकेशन कन्सलटेन्सी रहेको थियो भने दोश्रो पुरुस्कार राशी नगद ८० हजार एन्फा कास्की अध्यक्ष मिलन गुरुङले प्रायोजन गरेका थिए । चैत २३ गते बाट संचालन भएको उक्त प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button