चितुवाको आक्रमणबाट एकजना घाइते

पोखरा न्युज – ०३ बैशाख ।

चितुवाको आक्रमणबाट आज यहाँ एकजना घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट भीमदत्तनगरपालिका– १८ बागफाटाका ४५ वर्षीय छाउना राना घाइते भएका हुन् ।

सख्त घाइते उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरी चौकी बागफाटाका हवल्दार चन्द्रसिंह प्वालीले जानकारी दिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त वस्तीमा आज बिहान चितुवा पसेर रानालाई आक्रमण गरेको हो । चितुवाले गाउँमा बाख्रासमेत खाएको छ । अहिले चितुवालाई वस्तीबाट धपाउन निकुञ्जबाट हात्तीसहितको सेनाको टोली, निकुञ्जका कर्मचारी र प्रहरी परिचालन गरिएको छ । उक्त वस्ती निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ ।

Loading...

(प्रतिकात्मक तस्बिर)

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close