Pokhara News

अधिनायकवाद शुरु भइसक्यो – सभापति देउवा

पोखरा न्युज – ०३ बैशाख  ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए ।

उनले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ । अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो ।” अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको ।”

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए । “शुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उनले व्यङ्ग्य गर्दै भने, “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।”

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए । उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि काँग्रेस लडिरहने बताए ।

अन्य खबर

गण्डकी प्रदेशमा ३ वर्षभित्र प्रतिव्यक्ति आय १७ सय डलर – मन्त्रि गुरुङ

रासस

कर्णाली प्रदेशका मुख्य मन्त्री बाहेक सवै मुख्य मन्त्री पोखरामा

पोखरा न्युज

नेपाल निर्माण व्यवसायी संघमा वाम प्यानलवाट आनन्द बराल अध्यक्षको उम्मेदवार

पोखरा न्युज
खुल्दैछ.......