प्रदेश ४ को आर्थिक वर्ष २०७४-७५ को ९५ बुंदे नीति तथा कार्यक्रम सार्वजनिक

पर्यटन, उर्जा, कृषिमा जोड

 

डिएनबी, पोखरा न्युज – ०४ बैशाख ।

प्रदेश नम्बर ४ को आर्थिक बर्ष २०७४-०७५ को निती तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेशसभा बैठकमा सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले आर्थिक बर्षको उक्त निती तथा कार्यक्रम पेस गरेका हुन । उक्त ९५ बुंदे  निती तथा कार्यक्रम सोमबार प्रदेश ४ का मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन।

प्रदेश ४ लाई पर्यटनबाटै आर्थिक विकास र समृद्धि हुने गरी जोड दिइएको छ । पर्यटनसंगै कृषि, उर्जा, उद्योग र पुर्वाधारलाई समेत जोड दिइएको निती तथा कार्यक्रममा अधिकाशं ५ बर्षीैय योजनाहरु रहेकाछन।

कोरला–पोखरा, त्रिवेणी–पोखरा सडक निर्माणलाई जोड दिइएको नीति तथा कार्यक्रममा मस्र्याङ्दी र कालीगण्डकी करिडोरलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने समेत उल्लेख गरिएको छ । सन २०१९ लाई आन्तरिक पर्यटन बर्ष, सन २०२० लाई छिमेकी देश पर्यटन आकषर्ण बर्ष, सन २०२२ लाई पोखरा पर्यटन बर्ष संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले २०७५ साललाई लगानी बर्षको रुपमा ‘लगानी सम्मेलन’ समेत आयोजना गर्ने भएको मुख्य मन्त्री गुरुङले बताए । उनले भने “ हामीसंग धेरै प्राकृतिक श्रोत साधनहरु छन, तिनको उचित प्रयोग गरी निजी क्षेत्रको सहकार्यमा लगानी मैत्रि वावरण सृजना गर्न हामीले विभिन्न एनआरएनहरुलाई यस प्रदेशमा लगानी गर्ने वातावरण सृजना गर्न लगानी सम्मेलन गर्ने योजना बनाएका हौं । ” लगानी मैत्रि आर्थिक निती, वातावरण र शासकीय प्रबन्ध मिलाउने र यस प्रदेशमा लगानी बढाउने तर्फ आफुहरुको ध्यान केन्द्रित हुने मुख्य मन्त्री गुरुङले जनाए ।

नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्र, प्रांगारिक मल कारखाना निर्माण, अन्तरास्ट्रीयस्तरको सम्मेलन केन्द्र, स्याटेलाइट सिटी निर्माण र विद्युतीय सवारी साधनको प्रयोगलाई जोड दिइएको छ । त्यस्तै प्रदेश–४ ले आफ्नै रेडियो र टेलिभिजन सञ्चालन गर्ने समेत उल्लेख गरेको छ । पर्यटन प्रबर्द्धन, पशुपालन, अर्गानिक उत्पादन, जडिवुटि खेती, संकलन र प्रशोधन उद्योगको स्थापना गरी ग्रामिण जीवन पद्धतीको विकास गरी पर्यटनमा जोड दिईने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

निती तथा कार्यक्रममा जडिबुटि प्रशोधनद केन्द्र स्थापना गरिने, एकिकृत जलाधार संरक्षण कार्यक्रम, युवा लीषत चुनौती कोष(च्यालेन्ज फन्ट), स्वस्थ्य वातावरण, स्वथ्य जीवन, शिक्षा, स्वाथ्यमा जोड, दक्ष जनशक्ति उत्पादनमा जोड, पोखरामा अन्तराष्ट्रिय बहु उपयोगि खेल मैदान निमार्ण, प्रदेश प्रमुख युवा स्वयम सेवक कार्यक्रम, हेलो मुख्यमन्त्री नागरिक गुनासो समेत रहेको छ।

पाँच बर्ष भित्र प्रदेश नम्बर ४ मा २५ लाख पर्यटक भित्राउदै यहाँको आम्दानी दोब्बरले बृद्धि गर्ने महत्वकाक्षि योजना समेत समेटिएको छ। समृद्ध नेपाल र सुखि नेपाली राष्ट्रिय अभियानमा प्रदेश सरकार प्रतिवद्ध भएको मुख्य मन्त्रीले बताए । नदीनाला, तालतलैया, हिमश्रृखला, वनजंगल, जडीवुटि, खनिज श्रोतको बहुआयामिक प्रयोग र दिगो ब्याबस्थापन गर्दै उत्पादनमा बृद्धि रोजगार सृजना र आयआर्जन बृद्धि हुने गरी व्यावसायिक उपभोगमा जोड दिने, प्रमुख पर्यटकीय स्थलहरु अन्नपुर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, विभिन्न प्राकृतिक ऐतिहासिक, धार्मिक सांस्कृतिक क्षेत्र तथा ग्रामिण पर्यटन केन्द्र, होमस्टे, पदमार्गलाइृ संरक्षण, सम्बद्र्धन र विकास गर्ने उक्त निती तथा कार्यक्रममा पूस्तुत गरिएको छ । प्रदेश ४ का ११ जिल्लालाई छुने गरी पर्यटन प्रवद्र्धन र कृषि उत्पादनमा जोड दिदै पर्यटनको केन्द्र पोखरालाई विकेन्द्रिकरण सिद्धान्त अनुसार पर्यटकीय गन्तव्यको खोजि गरिने भएको छ ।

मुख्यमन्त्री वातावरण मैत्री कृषि नमुना कार्यक्रम, कृषि उत्पादन बढाउन, तालिम, बिउ विजन प्रदान, विचौलीयाको अन्त्य, सिंचाईको ब्याबस्था गरिने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button