त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान १२ बजेसम्ममा सञ्चालनमा आउने

पोखरा न्युज – ०७ बैशाख ।

मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तराष्ट्रिय उडान आज मध्याह्न १२ बजेपछि खुल्ने भएको छ ।

अहिले उक्त विमानलाई नेपालमै उपलब्ध उपकरणबाट तानेर त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको र १२ बजेसम्म उक्त काम सकेर पुनः अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थलका प्र्रवक्ता प्रेमनाथ ठकुरले जानकारी दिए ।

मालिन्दो एयरको उक्त जहाज मलेशिया उडान भर्ने क्रममा बिहीबार १० बजेर ७ मिनेटमा रनवेबाट अनियन्त्रित भएर ४० मिटर कोटेश्वर खण्डको घाँसे मैदानमा पुगेको थियो ।

उक्त घटनापछि अन्तराष्ट्रिय उडान बन्द भए पनि आन्तरिकतर्फका उडान भने बिहानदेखि नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

मलेशिया उड्न लागेको मालिन्दो एयरको उक्त जहाजमा १३९ यात्रु रहेको विमानस्थलले जनाएको छ ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button