१५ वर्षीय बलात्कारीलाई पाँच वर्षको कारागार

पोखरा न्युज – ०८ बैशाख ।

उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ ।

जिल्ला अदालतका अनुसार गत भदौ १६ गते किशोरले ती बालिकालाई जबर्जस्ती करणी गरेपछि पीडित बालिकाको आफन्तले प्रहरीमा उजुरी दिएपछि अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालसले उक्त किशोरलाई दोषी ठहर गर्दै पाँच वर्ष कारागार सजाय र रु ३० जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार रितकुमार मगरले बताए । दोषी किशोर हाल सुधारगृह विराटनगरमा छन् ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button