पोखरामा स्पार्क बि एन्डि हस्पिटलद्वारा निशुल्क स्वास्थ्य शिविर

पोखरा न्युज – ०९ बैशाख ।

स्पार्क बि एन्डि हस्पिटल सभागृह चोक पोखराको आयोजना तथा बिजयपु्र सामुदायिक संरक्षण सस्था (बिजयपुर आमा समूह)  र पो.ले.म.न.पा २६ को सहआयोजनामा यहि बैँशाख ८ गते बिजयपुर भवानी चोकमा निशुल्क स्वास्थ शिबिर सम्पन्न भयेको छ।

निशुल्क स्वास्थ्य सिबिर कार्यक्रममा उक्त वडाको विभिन्न संघसंगठनका र अन्य गरि ३५० जनाको स्वास्थ्य परिक्षण तथा औषधिसमेत बितरण गरिएको थियो। स्वास्थ्य सिबिरमा डा.बिजय लामिछाने तथा डिलाराम लामिछाने लगायत अन्य स्वास्थ्य कर्मिहरुले स्वास्थ्य जाछ गरेका थिए भने उक्त संस्थाका मेनेजर अनिश अधिकारीले स्वास्थ्य खानपिन र ब्यायाम बारेमा उक्त कार्यक्रममा परामर्श दिए । कार्यक्रम स्थलमै उनले विभिन्न ब्यायम समेत सिकाएका थिए । स्पार्क बि एन्ड डि हस्पिटलका प्रबन्ध निर्देसक डिलाराम लामिछानेले रू दुई लाख रुपिया बराबरको औसधि निशुल्क बितरण गरे ।

बिजयपुर आमा समुह पोखराले ब्यबस्थापन गरेको सो कार्यक्रममा पो ले म न पा २६ क वडाअध्यक्ष श्री नारायण बराल तथा वडा सदस्य र सत्तेता बचत रिण सहकारी सस्थाका अध्यक्ष श्री खड्क बहदुर रानाभाटले सिबिरबाट थुप्रै ब्यक्ती लावान्बित भएको आगामी दिनमा समेत यस्ता मानबिय कामको निरन्तरता रहोस भनेका थिए।

उक्त कार्यक्रमका सयोजक ननुमाया रानाभाटले सिबिरमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै आगामी दिनमा पनि मानवीय सेवामा सस्थाको सहयोग निरन्तर रहने प्रतिबद्धता ब्यक्त गरिन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button