पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

पोखरा न्युज – ०९ बैशाख  ।

पौडी खेल्ने क्रममा डुबेर बाँके जिल्लामा दुई बालकको मृत्यु भएको छ ।

जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष खड्का र कर्णबहादुर बस्नेतका १३ वर्षीय छोरा चन्द्र बस्नेतको गए राति मुत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button