पोखरामा मन्त्री विश्वकर्माद्धारा २ बालबालिकाको अभिभावकत्व ग्रहण

पोखरा न्युज – ०९ बैशाख ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले १-१ जना छात्र—छात्राको अभिभावकत्व ग्रहण गरेका छन् ।

विश्वकर्माले आइतबार २ दलित तथा जनजाती परिवारका छोराछोरी मध्ये १ जना छात्र र १ जना छात्राको अभिभावकत्व लिदै माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने घोषणा गरेका छन् । कास्कीको अघौँ घर भई हाल आफ्न्तको घरमा पोखरा —१९ घार्मी बस्दै आएका ८ वर्षिय विशाल सुनार र म्यादी घर भई हाल घार्मीमा नै बस्दै आएकी ८ वर्षिया रेखा पुनलाई स्थानिय महेन्द्र मा.वि मा भर्ना गर्दै मन्त्री वि.कले विद्यालय सामाग्री सहित नगद १० हजार रुपैँया विद्यालयका प्रधानध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे।

भर्ना अभियानमा बोल्दैै मन्त्री वि.कले शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्ने बताए। उनले शिक्षा र स्वास्थ्य मौलिक हक भएको उल्लेख गर्दै शिक्षामा देखिएको विभेदलाई अन्त्य गर्न सरकार लागि परेको बताए। त्यस अवसरमा मन्त्री वि.कले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफूले पहल गर्ने जानकारी दिए। मन्त्री वि.कसँग विद्यालय व्यावस्थान समितिका अध्यक्ष डुडिराज पौडेल र प्रधानध्यापक बासुदेव पौडेलले शिक्षक दरबन्दी न्यून रहेको, खेल मैदानको अभाव लगायतका विषयमा अवगत गराएका थिए ।

जन्म थलो घार्मी पुगेका मन्त्री वि.कसँग अमला विसौनी घार्मी आलेवारी अम्बरेश्वर ग्रार्मिण सडक उपोभक्ता समिति र वृहत लामाचौर खानेपानी आयोजनाले विविध समस्याका विषयमा ध्यानकर्षण गराउका छन् । समितिका सचिव डिल्लीराम पौडेलले सडक र खानेपानी निर्माणमा बजेट विनियोजनको पहल गरिदिन अग्रह गर्दै ध्यानकर्षण पत्र बुझाउनु भएको थियो । सरकारको भर्ना अभियानलाई सघाउन र परिवारिक भेटघाटका लागि पोखरा आएका मन्त्री वि.क आजै काडमाण्डौँ फर्केका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button