आजको राशिफल – २०७५ वैशाख १० गते सोमबार (भिडियो सहित)

वि.सं. २०७५ वैशाख १० गते सोमबार तदनुसार ई. सं. २०१८ अप्रिल २३ तारिख, वैशाख शुक्ल अष्टमी, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, शूल योग, बब र बालब करण

आजको राशिफल

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चन्द्रमा अनिष्ट भए पनि शुभ ग्रहको प्रभावले परिवारजनमा आत्मीय भाव बढ्ने तथा मान्यजनको आशीर्वचन प्राप्त हुने समय छ । कमजोरीलाई सुधार गरी आगामी कार्यप्रगति तर्फ लम्कने अवसर आउने छ । नचिताएको स्थानबाट धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । पारिवारिक सहयोग प्राप्त हुनेछ ।
शुभरङ्ग : गाढा रातो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने
के नगर्ने : गोपनीयता भङ्ग

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज तृतीय भावमा कमजोर चन्द्रमा रहेकाले जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुन्छ । उद्योगधन्दा र बन्दव्यापारमा सफलता नै मिल्नेछ तर असाध्यै सचेतताका साथमा खट्नु पर्नेछ । सहयोगीहरूले साथ दिंदादिंदै पनि गर्न खोजेको काममा सफलता प्राप्त गर्न धौधौ पर्नेछ । यद्यपि पराक्रम र उत्साहमा कमी आउने छैन । कृषिकर्म र बन्दव्यापारबाट सामान्य आम्दानी भइरहने छ ।साथीभाइ, इष्टमित्र वा घरपरिवारभित्रै झैझगडा र विवादको वातावरण सिर्जना हुनेछ, आवेग नबढाई संयमताका साथमा आफ्ना कुरा राख्न सक्दा अन्त्यमा विजय प्राप्त हुनेछ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने
के नगर्ने : साथीभाइको बेवास्ता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनु हुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ ।
शुभरङ्ग : सेतो वा उज्यालो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी
के नगर्ने : बोलीवचनमा कडापन

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज मन उत्ताउलो बन्नेछ, निर्णयक्षमतामा कमी आउनसक्छ । साथीभाइ र परिवारका सदस्यहरूले समेत तपाईंको भावना बुझ्न सक्दैनन् । कल्पनामा मन रुमल्लिने छ । राशिमै चन्द्रमा भए पनि आज मित्रवर्ग र सहयोगीहरूले मनले चाहेजस्तो साथ दिन सक्ने छैनन् । पुराना र रोकिएका काम पूरा गर्न धेरै समय लाग्नसक्छ । परिश्रम र कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ । अध्ययन–अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन । आर्थिक पक्ष धेरै बलियो छैन । घरायसी काममा समय बिताउनु पर्नेछ । बन्दव्यापारमा घाटा नभए पनि पर्याप्त लाभ हुनेछैन । अनावश्यक यात्राको योग छ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : गणेश
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : मन उत्ताउलो नबनाउने
के नगर्ने : हतारमा निर्णय

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बाह्रौं भावमा चन्द्रमा रहेकाले हाँके/ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । धननाशको योग छ, सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिन मनलाग्छ । मानसिक एवं बौद्धिक क्षमतामा कमी भएको महसुस हुनेछ । नजिकैको आफन्त वा नातेदारसँग चित्त नबुझ्न सक्छ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन ।
शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी
के नगर्ने : याचकको अपमान

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लाभस्थानको चन्द्रमा निर्बल भएकाले समय त्यत्ति बलियो छैन तर कसैको पनि अपमान नगरेमा गरेका कामधन्दा र व्यवसायबाट बेफाइदा हुँदैन । एकाबिहानै मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुन्छ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । कुनै पनि भिखारी, माग्ने वा याचकलाई सकेसम्म निराश नतुल्याउनु होला । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ । घरपरिवारमा सामान्य छ ।
शुभरङ्ग : सेतो वा घिउरङ
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने
के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कर्मसिद्धिको समय छ । हाँके/ताकेका काममा सफलता आर्जन हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाई र नातागोताले साथ दिनेछन् । आम्दार्नीका नयाँ मार्ग देखा पर्नेछन् ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भोलेशङ्कर
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने
के नगर्ने : उदासीनता/नैराश्यता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । भाग्योन्नतिको समय छ ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : विष्णु
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : कुलधर्म र परम्पराको अनुसरण
के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । आयुक्षेत्रमा चन्द्रमा छ । जोखिम र सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । त्यसैले दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । छिटो प्रतिफल आउने काममा हात नहाल्नु राम्रो हुनेछ । पारिवारिक विवादमा आफू चुप लाग्नु नै राम्रो हुनेछ ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : सङ्कटा देवी
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : तीव्रगति र हडबड

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
एकाबिहानै मनमा चिन्ता शंका र छटपटी सिर्जना हुनसक्छ, कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन । आफन्तले समेत भावनाको मूल्यांकन नगर्दा मन रुमल्लिन सक्छ, वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ ।
शुभरङ्ग : सुन्तले
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : विष्णुलक्ष्मी
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल
के नगर्ने : परिवारको बेवास्ता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । चुनौती, सङ्र्घर्ष र प्रतिस्पर्धामा दौडधूप दिंदादिंदै आजको दिन बितेको पत्तो पाइँदैन ।
शुभरङ्ग : छिर्केमिर्के बुट्टे
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : गणेश
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : खानपानमा नियन्त्रण
के नगर्ने : आवेग, घमण्ड र क्रोध

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पाँचौं चन्द्रमाले मिश्रित फल प्रदान गर्ने छ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् । हल्लाको भर पर्दा दुस्ख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । तर मन भावना, खेलवाड र कल्पनामा अल्मलिन सक्छ, सचेत रहनु होला । दिगो फाइदा हुने काम प्रारम्भ गर्नु अघि जान्नेबुझ्ने र अनुभवीको सल्लाहलाई मानेको राम्रो हुनेछ । इच्छाशक्ति बढे पनि त्यसले झन् निराशालाई बढावा दिने छ । सन्तति र भाइबहिनीको काममा खट्नु पर्ने दिन छ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : सूर्यदेव
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : अल्छी र अकर्मण्यता

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

स्रोत – ज्योतिषसाथी – कृष्ण प्रसाद कोइराला

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button