पोखरामा बन्ने भयो ट्रायथोलन एकेडेमी

पोखरामा ट्रायथोलन प्रतियोगिताको तयारी पुरा

पोखरा न्युज – १० बैशाख । 

सुन्दर पर्यटकिय तथा खेलकुदको राजधानी पोखरामा यहि बैशाख १५ गते ‘छैटौं दक्षिण एशियाली च्याम्पियनसिप’ तथा ‘आठौं राष्ट्रिय ट्रायथोलन’ प्रतियोगिता हुने भएको छ । नेपाल ट्रायथोलन संघको आयोजना र कास्की जिल्ला ट्रायथोलन संघको व्यबस्थापनमा हुन लागेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला ट्रायथोलन संघका अध्यक्ष सुमन देबकोटाले प्रतियोगितामा करिव १ सय खेलाडीहरुको सहभागिता रहने बताए । प्रतियोगीहरुले ट्राइयाथनल अन्तरगतको स्प्रिन्ट विधामा फेवातालमा ७ सय ५० मिटरको पौडी पश्चात बाराही घाट देखि मुस्ताङ्ग चोक सम्म चार ल्यापको २० कि.मि. साईकिलङ्ग र ५ किलोमिटरको दौड तथा दुवाथलन अन्तरगत ५ कि.मि. दौड २० कि.मि. साईक्लिङ्ग र २.५ कि.मि. दौड गर्ने छन् ।

पोखरामा आयोजना हुने प्रतियोगिता बाट इण्डोनेशियाको जर्कातामा हुने १८ औं एशियाली खेलकुदका लागि समेत खेलाडी छनौट गरिने भएको छ । दक्षिण एशियामा उत्कृष्ट ट्रायथोलन हव पोखरा रहेको जानकारी दिंदै अध्यक्ष देबकोटाले एक सय जना प्रतियोगिहरु मध्ये करिव १५ जना महिलाहरुको सहभागिता रहने उनले बताए । उनले स्थानिय महिला तथा पुरुष खेलाडीहरुको सहभागिता बढाउन प्रयास भइरहेको समेत बताए । प्रतियोगितालाई खुल्ला रुपमा संचालन गरिएकोले विदेशी खेलाडीहरुको सहभागिता रहने जानकारी दिंदै अध्यक्ष देवकोटाले अहिले अनलाइन मार्फत नाम दर्ता भइरहेको बताए । प्रतियोगितामा बिजेता खेलाडीले मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

दक्षिण एशियाली तर्फ हाल सम्म भारत र बंगालादेशले नाम दर्ता गराइसकेको पाकिस्तान तथा श्रीलंकाले पनि सहभागिता जनाउने अध्यक्ष देबकोटाले बताए । उनले राष्ट्रिय गौरबको रुपमा रहेको ट्रायथोलन खेललाई माथी उठाउन प्रयास भइरहेको बताउँदै पोखरामा राष्ट्रिय ट्रायथोलन एकेडेमी स्थापना गर्न सोको अध्ययनका लागि राष्ट्रिय खेलकुद परिषदले २५ लाख छुट्टाएको बताए । उनले भने–‘पहिलो चरणको काम सुरु भएको छ यसमा सबैको सहयोग आवश्यक छ ।’

पोखरा लेखनाथ वडा नं २१ स्थित पुम्दी भुम्दीमा एकेडेमी स्थापनका लागि जग्गा खोजि भइरहेको जानकारी दिंदै अध्यक्ष देवकोटाले फेवातालको पानीको शुद्धता मापन गर्न प्रयोगशालामा पठाइएको बताए । पोखरालाई विश्वको उत्कृष्ट ट्रायथोलन गन्तव्यको रुपमा आवश्यक पूर्वाधार निर्माण र जग्गाका लागि प्रदेश र स्थानिय सरकारले पनि थप चासो दिनु पर्ने उनको भनाई थियो ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलले ट्रायथोलन खेल नेपालको सन्दर्भमा उत्कृष्ट र आशा लाग्दो खेल रहेको बताउँदै १३ औं दक्षिण एशियाली खेल (साग) मा नेपालले स्वर्ण पदक पाउनेमा ढुक्क रहेको बताए । ट्रायथोलन खेल अन्य खेलको तुलनामा प्राथमिकतामा नै रहेको बताउँदै ट्रायथोलन खेललाई थप व्यवस्थित बनाउन सक्ने हो भने पोखरा खेलकुद गन्तव्य शहरको रुपमा बिकास हुने बताए ।

कास्की जिल्ला ट्रायथोलन संघका सचिब तथा कास्की जिल्ला खेलकुद बिकास समिती कार्यालय प्रमुख प्रकास बरालले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको बताउँदै प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च लाग्ने जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button