रामायण मेला शुरू

पोखरा न्युज – १० बैशाख ।

जानकी नवमी महामहोत्सवका सन्दर्भमा आजदेखि जनकपुरधाममा रामायण मेला शुरू भयो ।

रामायण सर्किटद्वारा आयोजित सो मेलामा विशिष्ट विद्वानबाट रामायणका बारेमा चिन्तन– मन्थन गरिने जनाइएको छ ।

सो अवसरमा प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले मिथिलाको सांस्कृतिक र सभ्यताको सम्बन्धलाई जनकपुरधामदेखि अयोध्यासम्म मात्र सिमित गर्न हुने धारणा राखे ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले जानकी मन्दिरको विकास र संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।

जनकपुरधामलाई पूज्यनीय र पर्यटकीय स्थलका रूपमा प्रवद्र्धन गर्न वृहत सर्किट निर्माणका अवधारणा कार्यान्वयनको आवश्यकतामाथि जोड दिंदै उनले जानकी मन्दिर विश्व सम्पदामा सूचीकृतको प्रक्रियामा रहेकाले आउने दिनमा यहाँ पर्यटक आगमनमा वृद्धिका साथै प्रदेशको राजश्वमा समेत उल्लेखनीय योगदान पुग्न सक्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि भारतका राजदूत मञ्जिव सिंह पुरीले जनकपुर – अयोध्याको सम्बन्धलाई सम्पूर्ण भारतवर्षमै विस्तार गर्ने सञ्जालको विकास गर्नुपर्नेे आवश्यकतामाथि जोड दिए ।

प्रतिनिधिसभा सदस्य मीनाक्षी झाले जानकी नवमीलाई राष्ट्रले सधैं उपेक्षा गरिहेको चर्चा गरे ।

जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले माता जानकी संसारका लागि आदर्श नारी भएको प्रसङ्ग उल्लेख गरे ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासको अध्यक्षतामा भएको सो कार्यक्रममा भारतीय सन्तहरू रामकुमार दास र मैथिलीशरण, प्राध्यापक डा. भोगेन्द्र झा , प्राध्यापक डा. सुरेन्द्र लाभ र साहित्यकार रामभरोस कापडि , वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शालिग्राम सिंहले जानकी नवमीको महत्वबारे प्रकाश पारे ।

मेला वैशाख १६ गतेसम्म चल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button