पोखरा ५ पर्स्याङमा स्टोप चुलो पडकिदा युवती घाइते

पोखरा न्युज – ११ बैशाख ।

पोखरा लेखनाथ महानगरपालिका – ५ पर्स्याङमा स्टोप चुलो पडकिदा एक युवती घाइते भएकी छन् ।

भान्सा कोठामा खाना पकाउने क्रममा स्टोप पडकिदा धादिङ  काफलपामि गाउपालिका- ३ घर भई पोखरा लेखनाथ महानगरपालिका – ५ पर्स्याङमा बस्दै आएकी १९ बर्षिया सबिता गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।  सोमबार खाना पकाउने क्रममा स्टोप पडकिदा  गुरुङले लगाएको  कपडामा आगो सल्किएको थियो ।  स्टोप पडकिएर आगो सल्किदा गुरुङको  घाटि, चिउडो, छाति र दुबै हात जलेको प्रहरी नायब उपरीक्षक वीर बहादुर पुलामीले जानकारी दिए  ।

प्रहरीका अनुसार घाइते गुरुङको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भइरहेको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button