बायर्नलाई रोक्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनल

पोखरा न्युज – १९, वैशाख ।

दृढताले भरिएको बायर्न टिमलाई २-२ गोलको बराबरीमा रोक्दै रियल म्याड्रिड लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ ।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको दोस्रो लेगमा बायर्नको निरन्तर दबाबलाई रोक्दै समग्रमा ४-३ को अग्रताका साथ म्याड्रिड अघि बढ्यो । पहिलो लेगमा बायर्नको घरेलु मैदानमा दुई बहुमुल्य अवे गोल उपहार पाएको रियल म्याड्रिडले घरेलु मैदानमा भने खेलको तीन मिनेट नबित्दै गोल खान पुग्यो । होसुआ किमिकले थोमस मुलरको प्रहारलाई म्याड्रिडका डिफेन्डरले क्लियर गर्न  नसकेको अवस्थाको फाइदा उठाउँदै गोल गरे । तर त्यसपछि कारिम बेन्जेमाले प्रशिक्षक जिनेदिन जिदानको आफू प्रतिको विश्वास सहि साबित गर्दै लगातार २ गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए।

खेल लगभग आफ्नो पक्षमा पारिसकेको रियल म्याड्रिडका विरुद्ध ६३ औं मिनेटमा रियल बाटै लोनमा बायर्न पुगेका हामेस रोडृग्वेजले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए। यस समय समग्रमा ४-३ को अग्रता बनाएको रियललाई खेल जित्न भने अर्को २७ मिनेट र इन्जुरी समय आक्रामक बायर्नलाई रोक्नु पर्ने थियो । निकै रोमाञ्चक बनेको खेलमा बायर्नले अर्को एक गोल थपेको भए अवे गोलका आधारमा बायर्न अघि बढ्ने थियो तर  रियल म्याड्रिडका गोलरक्षक किलर नाभासले थोमस मुलर र टोलिसोको प्रहार उत्कृष्ट बचाउ गर्दै घरेलु दर्शकलाई निराश पारेनन् ।

अब रियल म्याड्रिडले फाइनलमा आज हुने लिभरपुल र एएस रोमाबीचको खेलको विजेताको सामना गर्नेछ । फाइनल खेल युक्रेनको किभमा मे २६ मा हुनेछ ।

(तस्बीर ः UEFA.COM )

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button