पोखरा न्यूज – ०३, जेठ । कास्की प्रहरीले पोखराबाट ठुलो रकम सहित ६ जना जुवा खेल्ने व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
शुक्रबार पोखरा – ७ मासबारबाट १ लाख ५२ हजार ५ सय २५ रुपैया नगद सहित ४ महिला र २ पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जनाएका छन् ।
प्रहरी प्रवक्ता गुरुङका अनुसार अबैध रुपमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलिले पोखरा -३ नदिपुरका ५७ बर्षीय पुर्ण बहादुर गुरुङ, पोखरा – ५ का ३९ बर्षीय ठाकुर गुरुङ, पोखरा – १५ बस्ने ३६ बर्षिया मुना गुरुङ, पोखरा – ७ का ३७ बर्षिया प्रेम कुमारी गुरुङ र ३५ बर्षिया मिना पुनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।