ठगी गरेको आरोपमा पुम्दीभुम्दीका रमेश सहित २ जना पक्राउ

अर्जुन गिरी,

पोखरा –
ठगी गरेको आरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले कास्की  पुम्दी भुम्दीका रमेश बास्तोला सहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ । युरोपेली देश स्विडेनमा वैदेशिक रोजगारका लागि लैजाने भन्दै ठगी गरेकोआरोपमा ब्युरोले उनीहरुलाई पक्रेको हो । कात्तिक २० गते एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा नेक्सेलसिएर रिसर्च कोनाममा ठेगानासहित खुलाई स्वीडेनमा कामगर्ने आवश्यकता भन्दै विज्ञापन प्रकाशन गरी अन्तर्वार्ता समेत लिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी दिवेश लोहनीले बताए ।

‘यसरी ठगी गरिएको छ भन्ने सूचना पाएपछि हामीले अनुसन्धान अघि बढायौ,’ उनले भने, ‘होटलमा अन्तर्वार्ता लिएको अवस्थामा पक्राउ गरेका हौं ।’ कास्की पुम्दीभुम्दीका २४ वर्षीय बास्तोलासहित भारत गुजरातका २७ वर्षीय अभिषेक यादव र भारत उत्तर प्रदेशका २९ वर्षीया मुकेशकुमार शर्मालाई मंसिर ४गते पक्राउ गरिएको एसपी लोहनीले बताए ।

उनीहरुलाई काठमाडौं होटल प्लाटिनम एन्डस्पाको हलमा नेपाली युवाहरुलाई स्विडेन पठाइदिने भन्दै अन्तर्वार्ता लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको लोहनीले बताए । ‘उनीहरुले श्रम स्वीकृति पत्र राखेर फाराम भराइरहेकाथिए,’ उनले भने, ‘जुन देखाउनमात्र थियो ।’उनीहरुले यसअघि वैदेशिक रोजगारीको नाममा दर्जनौं नेपाली युवाहरुलाई ठगी रहेको प्रारम्भिकअनुसन्धानमा खुलेको एसपी लोहनीले बताए । ‘उनीहरुले स्विडेन ६ लाखमा लैजाने भन्दै अन्तर्वार्ता लिएका रहेछन्,’ उनले भने, ‘३५जना अन्तर्वार्ताका लागि आएका थिए ।’ अन्तर्वार्तामा छनोट भएपछि पहिलो चरणमा २ लाख लिने । त्यसपछि भिसा प्रक्रियाका लागि३ लाख र जाने बेलामा १ लाख गरी जम्मा ६ लाख लिने सर्तमा अन्तर्वार्ता सुरु भएको उनले बताए । पक्राउ परेका ३ नै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको एसपी लोहनीले बताए ।

उनीहरुले १६ थरी कामका लागि कामदार चाहिएको भन्दै विज्ञापन प्रकाशित गरेका थिए । विज्ञापन प्रकाशित मिति बाट १० दिन भित्रमा आवश्यक कागजात पत्र बुझाउनुपर्ने भन्दै ३० दिन भित्र भिसा र टिकट हात पर्ने ग्यारेन्टी दिएका थिए । कम्पनीको नाम नदिइ एस्काभेटर अपरेटर, जर्नल किपर, इलेक्ट्रोसियन, स्टोरकिपर, ट्रक डाइभर, सिसिटिभी अपरेटर,सेक्युरेटी लगायत कामदारको विज्ञापन मार्फतमाग गरिएको थियो । पुम्दीभुम्दीका बास्तोला चितवन भरतपुर सहिद गेटमा रहेको द टाइम्स इन्टरनेसनल एजुकेसनल प्रालिका मेनेजर हुन् ।

भारत गुजरातका यादवर उत्तर प्रदेशका शर्मा नेक्सेलसिएर रिसर्चका सञ्चालक रहेको एसपी लोहनीले बताए । ‘यिनीहरुको ठग्ने नियतनै थियो भनेर अन्तर्वार्तामा गएका कसैलाई पनि विश्वास थिएन,’ उनलेभने, ‘विशेष सूचनाको आधारमा हामीले पक्राउ ग¥यौं ।’ वैदेशिक रोजगारमा जानेहरुले पनि यथार्थ बुझेर मात्र अघि बढ्नु पर्ने एसपी लोहनीले सल्लाह दिएको आजको समाधान राष्ट्रिय दैनिकमा समाचार छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button