पोखरामा हुने अलि मियाँ सेभेन ए साइड फुटवल प्रतियोगिताको तयारी पूरा

पोखरा।

लोककवि अलि मियाँको सम्झनामा पोखरामा गर्न लागिएको सेभेन ए साइड फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ। अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजना तथा मुस्लिम युवा क्लवको संयोजनमा प्रतियोगिता गर्न लागिएको हो।

प्रतिष्ठानले पहिलो पटक गर्न लागेको प्रतियोगिता चैत १३ देखि १९ गतेसम्म चल्ने छ। जानकी एग्रो प्रालि मुख्य प्रायोजक रहेको सो प्रतियोगिता पोखराको माछापोखरीस्थित खेल मैदानमा हुनेछ।

प्रतियोगितामा ४५ वटा टिमले सहभागिता जनाउने अनुमान गरिएको मुस्लिम युवा क्लवका अध्यक्ष एवं प्रतियोगिता संयोजक अफजल हसन मियाँले बताए। हालसम्म १५ टिमले दर्ता गरिसकेका छन्।

प्रतियोगिताको विजेताले एकलाख २५ हजार र उपविजेताले ७० हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै, सर्वोत्कृष्ठ खेलाडीले तीन हजार र उत्कृष्ठ डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र गोलकिपरले समान दुई हजार पाँच सय रुपैयाँको साथमा ट्रफी पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न ६ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button